गोरखाको आर्खेत बजारबाट साढे ३ घण्टा उकालो बाटो छिचोलेर स्वाँरा गाउँ पुगिन्छ । गाउँको सौन्दर्य देखेर जो–कोही आगन्तुक छिनमै थकाइ बिर्सिन्छन् ।
तर आफ्नो गाउँको सुन्दरता नियाल्न स्थानीय क्षितिज आलेसँग आँखाको दृष्टि छैन । भलिभाँती बयान गरिदिन उनकी पत्नी स्वीकृतिसँग पनि आँखाको दृष्टि छैन ।
उनीहरूको ३ वर्षकी छोरी छन् । डाक्टरले नाबालिकाको आँखाको ज्योति पनि कम छ भनेका छन् । त्यसैले क्षितिजलाई सुन्दर गाउँ पनि फिक्का लाग्दो रहेछ ।
यही गाउँका केशर आले दम्पतीका १७ वर्षका छोरा रामकुमार र १४ वर्षकी छोरी प्रतीक्षा दृष्टिविहीन ...