काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मंगलबारदेखि देशका विभिन्न भागमा राख्ने चार्जिङ स्टेसनको उपकरण राख्न सुरु गर्दैछ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन गर्दैछिन् । प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाका अनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडानको काम भइरहेको छ […]