५० वटा चार्जिङ स्टेसन निर्माणको ठेक्का अलपत्र, के गर्दैछ चिनियाँ कम्पनी ?

देशभर ५० स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गर्न सरकारले अघि बढाएको आयोजना अलपत्र परेको छ । प्रारम्भिक चरणमा सातवटै प्रदेशमा न्यूनतम ५० वटा चार्जिङ स्टेसन बनाउने लक्ष्यसहित सरकारले गत आर्थिक वर्ष २०७६/७७ मै अध्ययन पूरा गरेर ठेक्का समेत लगाइसकेको थियो ।तर, ठेक्का सम्झौता भएको ७ महिना वितिसक्दा समेत हालसम्म परियोजना रहने स्थानको यकिन हुन सकेको छैन । २०७७ चैत ३१ गते नेपाल विद्युत प्राधिकरण अन्तर्गतको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाले चीनको जीयाङ्सु प्रान्तस्थित वाङवाङ न्य