अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखको भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उहाँले मन्त्रालयमा सचिव र कार्यालयमा प्रमुखले सुशासन तथा सदाचारिता कायम राख्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अख्तियारले भ्रष्टाचार र अनियमितताका विभिन्न कारण […]