काठमाडौँ, २८ माघ । अख्तियार दुरुपोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सदाचार पद्धतिको विकास र भ्रष्टाचारविरुद्धको शून्य सहनशिलताको नीतिलाई मूर्तरुप दिन सबैको सहयोग र सक्रियता जरुरी भएको बताएका छन् । आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आयोगले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए […]