एजेन्सी । बलिउडका पुराना अभिनेता दिलीप कुमारलाई बुधवार अस्पताल भर्ना गरिएको छ । उनलाई किड्नि सम्बन्धि समस्याका कारण लीलावती अस्पतालमा भर्ना गरिएको हो। डाक्टरका अनुसार उनको स्वास्थ्य स्थिति स्थिर छ र उनलाई एमर्जेन्सीबाट जनरल वर्डमा राखिएको छ । देवदास र मुगल-ए-आजम जस्ता उत्कृष्ठ चलचित्रमा अभिनय गरेका अभिनेता पछिल्लो समय निकै कमजोर बनेका छन् ।