बलिउड अभिनेता दिलीप कुमार फेरि अस्पताल भर्ना

बीबीसी। बलिउडका चर्चित अभिनेता दिलीप कुमारलाई स्वास प्रश्वासमा समस्या आएपछि फेरि अस्पताल भर्ना गरिएको छ। उनी १० दिनअघि मात्र डिस्चार्ज भई अस्पतालबाट घर फर्केका थिए। ९८ वर्षीय अभिनेता दिलीप कुमारलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ। उनलाई मंगलबार साँझ अस्पताल भर्ना गरिएको परिवारका सदस्यले बताएका छन्। उनलाई अहिले आइसीयूमा राखिएको छ।

सम्बन्धित सामग्री

बलिउड अभिनेता दिलीप कुमार अस्पतालबाट डिस्चार्ज हुँदै

एजेन्सी। बलिउडका चर्चित अभिनेता दिलीप कुमार मुम्बईस्थित हिन्दुजा अस्पतालबाट आज डिस्चार्ज हुँदैछन्। केही दिनअघि श्वासप्रश्वासमा समस्या भएपछि दिलिप कुमारलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाट डिस्चार्ज हुने जानकारी उनका पारवारिक मित्र फैजल फारुकीले दिएका हुन्। फैजलले दिलिपको ट्विटर ह्यान्डलमा एक पोष्ट शेयर गर्दै आफूले व्यक्तिगत रुपमा डाक्टरहरुसँग कुरा गरेको र उनीहरुले दिलीपलाई बिहीबार डिस्चार्ज गरिने बताएको उल्लेख गरेका छन्।

अभिनेता दिलीप कुमार जो अंग्रेजको विरुद्ध भाषण गर्दा जेल परेका थिए

९८ वर्षीय दिलीप कुमार आइतवार बिहान अस्पताल भर्ना भए। बलिउडमा ‘दिलीप साहब’ नामले चर्चित दिलीप कुमारलाई सास फेर्न गाह्रो भएपछि मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो। उनकी श्रीमती सायरा बानुले स्वास्थ्य अवस्था सामान्य रहेको ट्विटरमार्फत जानकारी दिएकी छिन्। साथै उनलाई दुई/तीन दिनपछि अस्पतालबाट डिस्चार्ज गर्ने समेत उल्लेख गरिएको छ। तिनै…

दिग्गज अभिनेता दिलीप कुमार अस्पताल भर्ना

मुम्बई । बलिउडका दिग्गज अभिनेता दिलीप कुमारलाई अस्पताल भर्ना गरिएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको उनकी पत्नी सायरा बानुले बताएकी हुन् । श्वास फेर्न गाह्रो भएको अभिनेताले भनेपछि उनलाई हिन्दुजा अस्पतालमा लगिएको हो । इन्डियन एक्सप्रेससँग कुरा गर्दै सायराले भनेकी छिन्, “श्वासप्रश्वासमा समस्या हुनेबित्तिकै हामीले दिलीप...

अभिनेता दिलीप कुमार अस्पताल भर्ना, एमर्जेन्सीबाट जनरल वर्डमा झारियो

एजेन्सी । बलिउडका पुराना अभिनेता दिलीप कुमारलाई बुधवार अस्पताल भर्ना गरिएको छ । उनलाई किड्नि सम्बन्धि समस्याका कारण लीलावती अस्पतालमा भर्ना गरिएको हो। डाक्टरका अनुसार उनको स्वास्थ्य स्थिति स्थिर छ र उनलाई एमर्जेन्सीबाट जनरल वर्डमा राखिएको छ । देवदास र मुगल-ए-आजम जस्ता उत्कृष्ठ चलचित्रमा अभिनय गरेका अभिनेता पछिल्लो समय निकै कमजोर बनेका छन् ।