सिन्डिकेट हटाउने सरकारी निर्णयको विरोध गर्दै सार्वजनिक बस नचलाउले ७० बढी यातायात व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासहित देशभरिबाट ७० जनाभन्दा बढी व्यवसायीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई अत्यावश्यक सेवा अवरोध गरेकोमा मुद्दा चलाउने तयारी भइरहेको छ। ‘अत्यावश्यक सेवा अवरोध गरेकामा उनीहरूलाई कारबाही गर्नू भन्ने निर्देशन छ, सोहीअनुसार…