सरकारले नयाँ भाडा समायोजन नगरे आफैं भाडा बढाउँछौँः यातायात व्यवसायी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी सरकारलाई दिएको छ।...

सम्बन्धित सामग्री

२५ गतेसम्म भाडा समायोजन गर्न यातायात व्यवसायीको चेतावनी

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी दिएको छ। महासंघले सरकारलाई फागुन २५ सम्म भाडा समायोजन गर्न समय दिएको छ। महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको अनेकौंपटक मूल्य बढ्दा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै अब व्यवसायी आफैँले भाडा बढाउने चेतावनी दिएका हुन।सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारमाथि दबाब दि

आफैँले गाडी भाडा बढाउने व्यवसायीको चेतावनी

काठमाडौँ । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीले आफैँ सार्वजनिक सवारीको भाडा दर समायोजन गर्ने चेतावनी दिएका छन् । डिजल – पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका हुन् । सरकारले बेवास्ता गरेर आफैँले भाडा समायोजन गरेर उठाउने नेपाल यातायात व्यवसायी […]

बागमती प्रदेशद्वारा सार्वजनिक यातायातको भाडा वृद्धि

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातमा गरेको भाडा वृद्धि सोमबारबाट लागू गरेको छ ।प्रदेशभित्रका यात्रुवाहक सार्वजनिक सवारीमा लागू हुने गरी ‘प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्ययबाट भाडा भुक्तानी नियमावली–२०७८’ अनुसार भाडा समायोजन गरेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ । यातायात व्यवसायी संघ÷संगठनहरूको मागप्रति मन्त्रालय संवेदनशील रही उपभोक्ताको हितलाई समेत मध्यनजर गर्दै बागमती […]

प्रदेश सरकार निकम्मा, भाडा समायोजन नगर्दा यातायात व्यवसायीको बिजोग छः सिटौला

काठमाडौं, असोज १९ । यातायात व्यवसायी राष्ट्रिय महासंघका नेता सरोज सिटौलाले संघीय सरकारले गरेको भाडा समायोजनमा प्रदेश सरकार निकम्मा बनेको आरोप लगाएका छन् । कोभिड, वर्षात्का बीच दसैं-तिहारमा यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउनु चुनौतीपूर्ण भएको उनले बताए । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिटौलाले भने, “यातायातको भाडा […]

छोटो दूरीमा पनि गाडी भाडा बढ्ने

भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायी प्रदर्शनमा उत्रिएपछि बागमती प्रदेश सरकार भाडा बढाउन सहमत भएको छ ।प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमबार नै सूचना जारी गर्दै भाडा समायोजनका लागि गठन भएको समितिले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको जनाएको छ । “स्थानीय रुटमा सञ्चालन हुने सार्वजनिक सवारीको भाडादर प्रदेश सरकारले नै तोक्ने हो । तर कानुनी र […]

दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, यस्तो छ भाडा दर

काठमाडौँ । सरकारले असोज ११ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। यात्रुवाहक सवारीको भाडा २८ […]

भाडा बढाउन माग राख्दै यातायात व्यवसायी आन्दोलित (भिडियो)

काठमाडौँ– भाडा समायोजन र सार्वजनिक सवारी साधन सञ्चालनको पूर्वाधार निर्माण गर्नुपर्नेलगायतका माग राख्दै यातायात व्यवसायीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले यातायातको भाडा एवं ट्याक्सीको सुरुआती कल समायोजन, २० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुटलगायतका माग अघि सार्दै दोस्रो चरणको […]

वैज्ञानिक भाडा समायोजन प्रतिवेदन थन्कियो

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय महासचिव सरोज सिटौलाले विभागले वैज्ञानिक भाडा सामायोजन प्रतिवेदन मन्त्रालयमा पेस गरे पनि मन्त्रालयले दराजमा थन्क्याएको बताए । ‘२०६९ सालदेखि सार्वजनिक सवारी साधनको वैज्ञानिक भाडा समायोजन भएको छैन ।...

गाडी भाडा बढाउन नदिए यातायात ठप्प पार्ने व्यावसायीको चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गाडी भाड बढाउन नदिए गाडी नचलाउने चेतावनी दिएको छ । महासंघले मूल्यवृद्धिको आधारमा चैतको तेस्रो साताभित्र भाडा समायोजन गर्नको माग गर्दै बिहीबार ज्ञापन पत्र बुझाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई बुझाइएको ज्ञापन पत्रमा महासंघले चैतको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने चेतावनी दिएको छ । यस्तै, महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन पनि माग गरेको छ । महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारी साधनहरुलाई म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको हो । प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ । २० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।