गाभरमा होटल र होमस्टेमा लगानी बढ्दो

स्वदेशी र बिदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले होमस्टे स्थापना गरिएको बाँकेको गाभर क्षेत्रमा पर्यटक बढ्दै जाँदा होटल व्यवसायमा लगानी थपिंदै गएको छ ।

सम्बन्धित सामग्री

मौसम खुलेसँगै अन्तुमा पर्यटकको आवागमन बढ्यो

कात्तिक महिना लागेसँगै इलामका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्य अन्तु, कन्याम, सन्दकपुरलगायतका स्थानमा रहेका होटल, कटेज र होमस्टेमा दैनिक पर्यटकको चाप बढ्न थालेको हो ।

बढ्न थाल्यो पर्यटकीय चहलपहल

कोरोना भाइरस सङ्क्रमणले लामो समय थलिएको पर्यटन व्यवसाय मौसममा आएको सुधारले पुनः मौलाउन थालेको छ। कोरोनाकालपछिका अधिकांश मौसम पर्यटकको बाटो कुर्दै आएका व्यवसायीहरू पछिल्लो समय बाह्य पर्यटकको बढ्दो आगमनले व्यस्त हुन थालेका छन्। होटल, रिसोर्ट, होमस्टेमा आन्तरिक र बाह्य पर्यटकको बुकिङ धमाधम भइरहेको छ। होटलका सभाहलसमेत तालिम, गोष्ठी, भेला आदि कार्यक्रमका लागि बुकिङ हुन थालेका छन्। आन्तरिक हवाई भरिभराउ छन्।

बन्दीपुरका होटल, रेष्टुरेन्ट र होमस्टेमा टपरी

न्दीपुरका होटल, रेष्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ ।

बन्दीपुरका होटल, रेष्टुरेन्ट र होमस्टेमा टपरी

न्दीपुरका होटल, रेष्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ ।

बन्दीपुरका होटलमा सालको पातको टपरी प्रयोग गरिने

तनहुँ – बन्दीपुरका होटल, रेस्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ । उत्पादित टपरीको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । प्रयोगपछि टपरीलाई कम्पोस्ट मल बनाउन प्रयोग गरिने हुँदा वातावरण सफा र स्वच्छ हुने विश्वास गरिएको उहाँले बताउनुभयो । गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रममार्फत बन्दीपुर गाउँपालिका ६ को कमलबारी डाँडाछाप उद्यमी महिला विकास संस्थालाई टपरी बनाउने मेशिन हस्तान्तरण गरी तालिम प्रदान गरि...

होटलमा सालको पातको टपरी प्रयोग गरिने

काठमाडौँ,१४ असार । बन्दिपुरका होटल, रेष्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ । उत्पादित टपरीको बजारीकरणको लागि गाउँपालिकाले सहयोग गर्ने बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । प्रयोग पश्चात टपरीलाई कम्पोष्ट मल बनाउन प्रयोग गरिने हुँदा वातावरण सफा र स्वच्छ हुने विश्वास गरिएको उनले बताए । गण्डकी प्रदेश सरकारको गरिबी […]

होटलमा सालको पातको टपरी प्रयोग गरिने

तनहुँ । बन्दिपुरका होटल, रेष्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ । उत्पादित टपरीको बजारीकरणको लागि गाउँपालिकाले सहयोग गर्ने बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

थारु होमस्टेमा ओइरिँदै पर्यटक

चितवन । कोरोना महामारी सुस्ताउँदै जाँदा चितवनमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, पटिहानी र मेघौलीमा अहिले आन्तरिक र बाह्य पर्यटक देखिन थालेका छन । थारु समुदायको मौलिक संस्कृति र परम्परामा रमाउन पर्यटक थारु होमस्टेमा पुग्ने गरेका छन् । ठूला होटल तथा रिसोर्टको तुलनामा पछिल्लो समय होमस्टेमा आकर्षण बढ्दै गएको स्वयं व्यवसायी बताउँछन् । माडीको शिवद्वार होमस्टेसँगै भरतपुर महानगर–२७ मा रहेको थारु होमस्टेमा बाक्लो संख्याका पर्यटक देखिन थालेका छन् । होमस्टेमा अर्गानिक, मौलिक परिकार, सस्तो बसाइ र शान्त वातावरणका कारण पर्यटक आकर्षित भएका हुन् । मेघौलीमा ०६७ सालदेखि थारु समुदायले सञ्चालन गरेको सामुदायिक होमस्टे छोटो समयमै पर्यटक रोजाइमा परेको हो । थारु समुदायकै घरमा बन्ने स्थानीय उत्पादन खाने र स्थानीय कला–संस्कृतिको जानकारी लिने अवसर पाइने हुँदा विदेशी पर्यटक पनि सामुदायिक थारु होमस्टेतर्फ तानिएका हुन् । भरतपुर महानगर–२७ का जीवन चौधरी कोरोनाको प्रभाव कम हुँदै जाँदा पर्यटक आगमन बढ्न थालेको बताउँछन् । ‘अहिले होमस्टे आउने पर्यटक बढिरहेका छन्  । हाम्रो खाना, परिकार, रहनसहन पर्यटकले मन पराउन थालेका छन् । अघिल्ला समय सुविधासम्पन्न होटलमा पर्यटक बस्न मन पराउँथे’, उनले भने, ‘अहिले मौलिक परम्परा र संस्कृतिमा रमाउन थालेका छन् ।’ होमस्टेमा विभिन्न स्वादसहितका अर्गानिक खाना, थारु नाच हेर्न पाइने भएकाले पर्यटक रोजाइमा परेको उनको बुझाइ छ । होमस्टेमा प्रवेश गर्नासाथ मौलिक वेषभूषासहित फूल र टीका लिएर सजिएका थारु युवतीले पर्यटकलाई स्वागत गर्छन् । संस्कारी थारु समुदायका व्यक्तिको स्वागत सत्कारले पर्यटकलाई आत्मीय प्रकट गर्दछ । स्वागतपछि होमस्टेमा भित्रिएसँगै हाँसको मासु, चिचर, घोंगी, माछा, निगुरो, नुन–खुर्सानीको अचार, गुन्द्रुक आदि परिकारको स्वाद र साँझमा देखाइने मौलिक नाचले रौनक थप्ने गरेको छ । होमस्टेमा नेपाली पर्यटकले सादा खाना १ सय ५०, मासुसहितको खाना ३ सय, दिउँसो नास्ताको १ सय र एक रात बसेको ५ सय रुपैयाँ मूल्य राखिएको छ । थारु सामुदायिक होमस्टे थारु संस्कार र संस्कृतिको जीवन्त संग्र्रहालय बनेको छ । यहाँ आउने पर्यटकले थारु संस्कृतिमा देखाइने चिचर, घोंगी, हाँसको मासु आदि खान पाउँछन् भने परम्परागत लठ्ठी, झमटा, झुमरा, डम्फु नाच आदि मौलिक नृत्य देखाइने सामुदायिक होमस्टेका सञ्चालक बुद्धिराम महतोले जानकारी दिए । न्यानो आतिथ्यका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन, मौलिक उत्पादन तथा सेवाका कारण पर्यटकले  होमस्टे रोज्न थालेको महतो बताउँछन् । भरतपुरबाट दैनिक सयौंको संख्यामा गोलाघाट घुम्न आउने गर्छन् । साँझपख सूर्यास्त हेर्नेको घुइँचो लाग्ने गर्छ । राप्ती र नारायणी नदीको संगम स्थल गोलाघाट भएकाले पनि पर्यटकका लागि नौलो अनुभव हुने गर्छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावर हेर्न पनि गोलाघाटमा पर्यटकको चहलपहल बढी हुने मेघौली पर्यटन विकास समिति अध्यक्ष हरिचन्द्र महतो बताउँछन् । ‘शान्त तथा प्राकृतिक वातावरणसँग पर्यटकले नदी, जंगल, जनावर, सूर्यास्त, होमस्टे, थारु संस्कृतिका सबै अनुभव गर्न पाउँछन् । त्यसैले अन्य गन्तव्यभन्दा मेघौली फरक छ,’ उनले भने ।

पनौतीमा १२ वर्षे मकर मेला : होटल र होमस्टेमा २५ प्रतिशत छुट, यसरी हुँदैछ तयारी

काभ्रे : पनौतीमा १२ वर्षे मकर मेला लाग्न करिब एक महिना बाँकी छ। माघ महिनाभर चल्ने मेलाका लागि नगरपालिकाले विविध व्यवस्थापनको तयारी गरिरहेको छ। यहाँका होटल–रिसोर्ट तथा होमस्टेले पनौती आउने पर्यटक तथा धर्मावलम्बीका लागि मेला अवधिभर स्वागत कार्यक्रमसँगै २५ प्रतिशत छुटको घोषणा गरेका छन्। पनौतीमा पाँच व्यवस्थित ठूला होटल, करिब…

सराङकोटको होमस्टेमा रेष्टुराँको सेवा पनि

पोखराको मुख्य बजार क्षेत्रदेखि करिब ८ किलोमिटर दूरीमा रहेको तोरी पानी होमस्टेले आगन्तुक पाहुनाको रोजाई अनुसार होमस्टे र होटल तथा रेष्टुरेण्टको सेवा समेत उपलब्ध गराएको छ । पोखरा १८ तोरीपानीका प्रेमप्रसाद तिमिल्सिनाले न्यून शुल्कमा होमस्टे र होटल तथा रेष्टुरेन्टकै सेवा रोजाइका पर्यटकहरुलाई पनि एकै स्थलबाट सेवा दिएको बताए । होमस्टेमा एक रात बसेको प्रति पर्यटक […]