बढ्न थाल्यो पर्यटकीय चहलपहल

कोरोना भाइरस सङ्क्रमणले लामो समय थलिएको पर्यटन व्यवसाय मौसममा आएको सुधारले पुनः मौलाउन थालेको छ। कोरोनाकालपछिका अधिकांश मौसम पर्यटकको बाटो कुर्दै आएका व्यवसायीहरू पछिल्लो समय बाह्य पर्यटकको बढ्दो आगमनले व्यस्त हुन थालेका छन्। होटल, रिसोर्ट, होमस्टेमा आन्तरिक र बाह्य पर्यटकको बुकिङ धमाधम भइरहेको छ। होटलका सभाहलसमेत तालिम, गोष्ठी, भेला आदि कार्यक्रमका लागि बुकिङ हुन थालेका छन्। आन्तरिक हवाई भरिभराउ छन्।

सम्बन्धित सामग्री

बढ्न थाल्यो पर्यटकीय चहलपहल, एक महिनामा २३ हजार विदेशी आए

काठमाडौँ– कोरोना भाइरस संक्रमणले ओरालो लागेको पर्यटन क्षेत्रमा केही सुधार देखिन थालेको छ । २०७६ चैत्रबाट मुलुक लकडाउन भएसँगै पर्यटन क्षेत्र ढप्प भएको थियो । लकडाउनले असर पारेको झन्डै दुई वर्षपछि पर्यटन क्षेत्रमा सुधार आउन थालेको व्यवसायी बताउँछन् । लामो समयको बन्दबन्दीपछि असोज ५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०७६ को फागुनदेखि रोकिएको विदेशीलाई अनअराइभल […]

भक्तपुरमा बढ्न थाल्यो पर्यटकीय चहलपहल (फोटोफिचर)

काठमाडौँ– कोरोना कहरले थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । अहिले नेपालका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बाक्लिएको छ । भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा घुम्ने पर्यटकको संख्या पनि बढ्न थालेको छ । अहिले भक्तपुर दरवार स्क्वायर परिसरमा विदेशी पर्यटक पनि आउन थालेका छन् । तस्वीर रासस

बढ्न थाल्यो पर्यटकीय चहलपहल

१३ साउन, काठमाडौं । मंगलबारबाट चितवनको सौराहामा जंगल सफारी खुला भएको छ । सौराहामा अब हात्ती, जिप सफारीसँगै डुंगा  शयर पनि खुलेको छ । यी सेवा मध्य वैशाखबाट बन्द भएका थिए । त्यही बेला बन्द भएको पोखराको फेवातालमा गत साताबाट डुंगा संचालन शुरु भएको छ । आधा मात्र यात्रु राखेर डुंगामा सामाजिक दूरी कायम गर्न […]