डिजिटल भुक्तानी इकोसिस्टम सुदृढ बनाउन क्लियरिङ हाउस र आईएफसीबीच सम्झौता

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच डिजिटल भु

सम्बन्धित सामग्री

आईएफसी र एनसीएचएल बीच सम्झौता

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउँदै नेपालमा डिजिटल भुक्तानीको क्षेत्रलाई प्रवर्द्धन गर्न सम्झौता भएको छ । सम्झौतामा आईएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फाये र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौतासँगै आईएफसीले एनसीएचएललाई नेशनल पेमेन्ट स्वीच (एनपीएस) को […]

वितरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ हाउस बीच साझेदारी

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण लगायतको व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी आवश्यक व्यवस्था लागू गर्न सामझदारी भएको हो । सम्झौता पत्रमा विभागका निर्देशक दिलकुमार तामाङ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले […]

नेपाल क्लियरिङ हाउस र नेफ्स्कूनबीच सम्झौता

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटाईज गर्ने कार्यलाई सहजीकरण गराउने सहकार्यको लागि एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बीच सम्झौता भएको छ । काठमाडौंको सोल्टी होटलमा जारी सिईओ वर्कशपमा दुई पक्ष बीच सम्झौता भएको हो । सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को तर्फबाट […]

इन्फोडेभलपर्स र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

इन्फोडेभलपर्स प्रालि र नेपाल क्लियरिङ हाउस (एनसिएचएल)बीच सहकार्यताको सम्झौता भएको छ । इन्फोडेभलपर्ससँग आवद्ध सहकारी संस्थाहरूले आफ्नो बैंक तथा वित्तीय संस्थाहरू मार्फत एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरू प्रयोग गरी भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कार्यलाई सहजीकरण गराउने सहकार्यताको सम्झौता भएको हो । सम्झौता पत्रमा इन्फोडेभलपर्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशी र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख […]

हाम्रो पात्रो रेमिटको डिजिटल रेमिट्यान्स अब एनपीएसमार्फत

हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँग नेसनल पेमेन्ट स्वीच (एनपीएस) को प्राविधिक सदस्यको रूपमा जोडिई नेपालभित्र सेवाग्राहीलाई रेमिट्यान्स भुक्तानीहरू गर्न सम्झौता गरेको छ ।

ग्लोबल र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।...

एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्सबीच सम्झौता

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको कार्यान्वयन सुरु भएको छ । एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीबीच औपचारिक रुपमा सम्झौता भएसँगै यसको थालनी भएको हो । सम्झौता पत्रमा एनडीपीसीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् […]

आइएमई जनरल इन्स्योरेन्स–नेपाल क्लियरिङ हाउस सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आफ्नो भुक्तानी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गर्ने भएको छ । यसका लागि दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।   सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ । यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई आईपीएस/कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेन्डर भुक्तानीलगायत आफ्ना लगानी कारोबार आबद्ध भएका बैंक खाताबाट सोझै गर्न सकिनेछ । यसले कम्पनीलाई आफ्ना विभिन्न खाताबाट भुक्तानी कारोबार सहजै आफ्नो अपरेटिङ खातामा सार्न सहयोग पुग्नेछ । यी सबै कारोबार सोझै बीमा कम्पनी तथा लाभग्राहीका बैंक खाताबाटै हुनेछन् । एनपीआईमा जोडिएपछि आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित हुनुका साथै हिसाब मिलान गर्न सजिलो हुनेछ । उक्त इन्टिग्रेसनमा आइएमई जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रालि रहेको छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसको रूपमा विकास गरीएको एनपीआई सञ्चालनमा रहेको छ, जसमा हाल ६० सदस्य बैंक वित्तीय संस्था आबद्ध छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स र एनसीएचएलबीच सम्झौता

नेपाल क्लियरिङ हाउस र सन नेपाल लाइफ इन्स्योरेन्सबीच एनपिआइमा आबद्ध हुने सम्झौता भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको विभिन्न भुक्तानीसम्बन्धी कारोबारलाई स्वचालित रुपमा गर्न सम्झौता भएको हो ।सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।सम्झौताअन्तर्गत सन नेपाल लाइफले […]

नेपाल एसबिआई बैंक–क्लियरिङ हाउस सम्झौता

काठमाडौं (अस) । नेपाल एसबिआई बैंक र नेपाल क्लियरिङ हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरण सञ्चालनका लागि सम्झौता भएको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल क्यूआर स्ट्यान्डर्डबमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटको क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु पे तथा ई–म्यान्डेटका उपकरण, वालेट–वालेटबीच अन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिल र गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्टलगायत भुक्तानी उपलब्ध हुनेछन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र नेपाल ब्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत  निलेशमानसिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरे । कार्यक्रममा दुवै कम्पनीका उच्च पदाधिकारी सहभागी थिए ।