काठमाडौं (अस) । नेपाल एसबिआई बैंक र नेपाल क्लियरिङ हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरण सञ्चालनका लागि सम्झौता भएको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल क्यूआर स्ट्यान्डर्डबमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटको क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु पे तथा ई–म्यान्डेटका उपकरण, वालेट–वालेटबीच अन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिल र गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्टलगायत भुक्तानी उपलब्ध हुनेछन् ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र नेपाल ब्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरे । कार्यक्रममा दुवै कम्पनीका उच्च पदाधिकारी सहभागी थिए ।