सुर्खेतको तत्कालीन गुटु गाविस (हाल चौकुने गाउँपालिका–८) स्थित गुटु स्वास्थ्य चौकी भवन बनाउन ०६७ असार १६ गते सम्झौता भयो । तत्कालीन सहरी विकास तथा भवन डिभिजन कार्यालयले एक वर्षभित्र काम सम्पन्न गर्न मैनाचुली–सुरुची जेभीसँग सम्झौता गरेको थियो । ०६८ असारमा सम्पन्न गर्नुपर्ने भवन १३ वर्षदेखि अलपत्र छ ।