सडक निर्माणमा वेथिती : सडक विभागका २९४ ठेक्का अलपत्र

सडक विभाग र ठेकेदारको लापरवाहीको कारण अर्बाैँ रुपैयाँ लगानी भएका २९४ वटा ठेक्का अलपत्र परेका छन् । म्याद गुज्रेको वर्षौं बितिसक्दा पनि ती सम्पन्न नभएपछि सडक विभागले २९४ वटा ठेक्‍कालाई ‘रुग्ण ठेक्का’ घोषणा गरेको छ । विभागका अनुसार ठेक्का अवधिको १०० प्रतिशत अवधि म्याद थप भइसक्दा पनि सम्पन्न हुन नसकेका ठेक्का, एक वर्षभन्दा बढी समय म्याद थप स्वीकृत नभई गुज्रेका ठेक्का, डिजाइन त्रुटी भई एक वर्षभन्दा बढी अवधिसम्म निर्माण कार्य ठप्प भएको ठेक्काहरुलाई रुग्ण ठेक्का घोषणा गरिएको हो ।&