काठमाण्डाै – सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सत्ता गठबन्धन नटुट्ने बताउनुभएको छ । आज सोमवार सिंहदरबारमा रहेकाे माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष दाहालले यस्ताे बताउनुभएको हो । उहाँले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुङ्गिने बताएको जानकारी दिनुभयो । बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचा...