देउवासँग प्रचण्ड र नेपालको प्रश्न- गठबन्धन तोडेर एमसीसी पास गर्ने तयारी हो ?

सत्ता गठबन्धनका मुख्य साझेदार नेकपा माओवादी केन्द्र र नेकपा (एस)ले एमसीसी पास गर्न गठबन्धन तोड्न लागेको हो भनेर प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गरेका छन् ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवासँग बुधवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधव नेपालले एमसीसी पास गर्न गठबन्धन तोड्न लागेको हो भनेर प्रश्न गरेका हुन् ।  देउवालाई भेट्न प्रचण्ड र नेपाल बुधवार मध्यान्ह बालुवाटार पुगेका थिए । भेटमा मुख्यतः एमसीसी अनुमोदनमा देउवाको अतिरिक्त सक्रियताबारे प्रचण्ड र ने...

सम्बन्धित सामग्री

माओवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा

१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु एमसीसीबारे अनौपचारिक छलफलमा जुटेका छन् । संसदबाट व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने तयारी भइरहेको बेला नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा कार्यालयको विस्तारित बैठक बसिरहेको र एमसीसी लगायत समसामयिक राजनीतिको विषयमा छलफल चलिरहेको प्रचण्डको सचिवालयले जनाएको छ । […]

बाबुराम र प्रेम आलेको त्यो बचन : एमसीसी पास हुनेमा देउवा ढुक्क !

अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) पारित गराउन सरकारले तीव्र तयारी थालेको छ । सत्ता गठबन्धनकै विरोधका बीच आइतबार संसदमा टेबल भएको एमसीसी फागुन १६ भित्र पास गराउने रणनीतिका साथ सरकार अगाडि बढेको हो ।सोही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग समानान्तर संवादमा छन् । प्रतिनिधिसभामा बिहीबार एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुने भएपछि देउवाले छलफललाई तीव्रता दिएका छन् ।देउवाले मंगलबार एमाले अध्यक्ष केपी ओलीसँग बाल

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, एमसीसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ । काँग्रेसमा एमसीसी पास गर्नेबारे एकमत रहेको छ । बिहीबार बोल्ने सबै नेताले एमसीसी पास गर्नुपर्नेमा जोड दिएका थिए । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने छन् ।

सत्ता गठबन्धन अहिल्यै टुट्दैन, संशोधन नगरी एमसीसी पास हुँदैन

एमसीसीका विषयमा सत्तारुढ गठबन्धनभित्रै विवाद चर्किदो छ । एमसीसी संसदबाट पारित गर्ने विषयमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्रबीच विवाद चर्किएको हो । कांग्रेसले एमालेसँग मिलेर भएपनि एमसीसी संसदबाट पारित गर्ने तयारी गर्दा माओवादी भने एमसीसी अनुमोदनबाट पछि हटेको छ । एमसीसीका केही बुँदा संशोधन गरेर मात्रै पारित गर्नुपर्ने माग माओवादीको छ । यो मागलाई कांग्रेसले […]

एमसीसी पास गर्न मध्यमार्गको खोजी

सत्तारुढ प्रमुख राजनीतिक दलहरु अमेरिकी अनुदानको एमसीसीका विषयमा उत्पन्न आशंका निवारण गर्दै त्यसलाई संघीय संसद्बाट पारित गर्ने मध्यमार्गी बाटोको खोजीमा जुटेका छन् । एमसीसीबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूले उठाएका विषयमा सरोकारवाला निकायसँग अझ प्रष्ट हुँदै प्रस्तावलाई अघि बढाउने तयारी सरकारले गरेको हो ।सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले उठाएका प्रश्नमा यसअघि नै एमसीसीले स्पष्ट पारिसकेको अवस्थामा थप केही आशंका भए त्यसमा स्पष्ट भएर अघि बढ्ने तयारी भएको स्रोतको दाबी छ । 'क

एमसीसी पास गराउन एमाले फकाउँदै देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिएका छन् ।एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि बढाउने तयारी गरिरहँदा राजनीतिक घटना क्रममा फेरबदल भएको निष्कर्षसहित प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमालेलाई पनि एमसीसीमा सहमत गराएर अघि बढ्ने नीति लिएका हुन् ।‘एमसीसी देशको हितमा आएको परियोजना हो । यसमा कसैले विमति राख्नुपर्ने अवस्था नै छैन, यो देशकै हितमा छ

एमसीसी पास हुनेमा अमेरिका सकारात्मक, सर्वदलीय बैठकको तयारी

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । १४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिङटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एमसीसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ । एमसीसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे समीक्षा गरिएको उल्लेख छ ।बोर्ड बैठकमा नेपाल कम्प्याक

सरकारको स्पष्टीकरण प्रश्नमा एमसीसीले पठायो जवाफ [जवाफको पूर्णपाठसहित]

सरकारले एमसीसी पास गर्ने तयारी गरेसँगै यससम्बन्धमा व्यापक बहस र विवाद भइरहेको बेला एमसीसीले यस सम्बन्धमा देखिएका कतिपय अस्पष्टताहरुलाई स्पष्ट गर्ने प्रयास गरेको छ । अर्थ मन्त्रालयले केही दिनअघि एमसीसीलाई स्पष्टीकरण प्रश्न लेखेकामा बुधबार अमेरिकाले  जवाफ पठाएको हो । अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर पठाइएको पत्रमा एमसीसीको उद्देश्य आर्थिक वृद्धिमार्फत गरिवी न्यूनीकरण गर्नु भएको उल्लेख गरिएको छ । एमसीसीले भनेको छ, ‘नेपाल सरकारसँग सहमति गरेर एमसीसी नेपाल कम्प्याक्टमा समावेश गरिएका सर्त तथा मापदण्डहरु अन्य देश...