एमसीसी पास भएपछि सत्ता गठबन्धन चुनावसम्म जाने निश्चित भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताएका छन् । प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताउँदै प्रचण्डले अबचाहिँ गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताएका हुन् । पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिले नयाँ कोर्स पक्रिएको बताएको एक नेताले बताए ।  ‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिग

सम्बन्धित सामग्री

नेकपा माओवादी केन्द्रको बैठक पर्सिसम्मका लागि स्थगित

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पर्सिसम्मका लागि स्थगित भएको छ। आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुभएपछि बैठक पर्सि आइतवार ११ बजेसम्मका लागि स्थगित भएको हो । बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता, स्थानीय तहको चुनाव, सत्तागठबन्धनको अवस्था लगायतका बारेमा ब्रिफिङ गर्नुभएको छ । उहाँले सत्ता गठबन्धन नै भत्किने खतरा बढेकोले एमसीसी पारित गरेको बताउनुभयो । व्याख्यात्मक घोषणासहित एमसीसी पारित हुँदा सम्भावित समस्या हल भएको र चुनावसम्म नै सत्ता गठबन्धन रहने प्रच...

वाम गठबन्धन भाग–२ को संकेत

अमेरिकी सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन धर्मराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने कित्तामा प्रष्टसँग उभिएका मात्रै छैनन्, उक्त कित्ताको नेतृत्व गरिरहेका छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बाहिर एउटा र भित्र अर्कै कुरा छ ।एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादी एमसीसीको विरोधमा छ । यद्यपी, उ सरकारबाट बाहिरिने आँट गरिरहेको छैन । यस्तो अवस्थामा नेताहरुको दौडधूप बाक्लो हुँदै गएको छ । बिहिबार साँझ मात्रै प्रधानमन्त्री देउवा श्रीमती आरजुलाई लिएर एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे । धर्मराउँदै सत्ता गठबन्धनकेपी शर्मा ओली वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसकारण उनले विभिन्न समयमा विभिन्न अस्त्रको प्रयोग गरेकै हुन् । तर, हालसम्म उनी सफल भएका छैनन् ।तर, एमसीसी संसद टेबलपछि अनुमोदन गर्नुपर्छ भन्ने प्रधानमन्त्री देउवाको अडान र जनमत बिग्रने डरले सत्तामा हुँदाहुँदै पनि सडकमा आन्दोदन गर्ने प्रचण्ड–माधबको दोहोरो चरित्रले अहिले गठबन्धन धर्मराएको छ । काँग्रेसकै नेताहरु गठबन्धनको पक्षमा छैनन् । एमसीसी विवादले गठबन्धन तोडेर एक्लै चुनावमा जान काँग्रेसलाई सजिलो भएको छ । गठबन्धन हुँदा भाग लगाउनुपर्ने निर्वाचन क्षेत्रमा गठबन्धन नभएको अवस्थामा काँग्रेसले आफ्नै उम्मेदवार उठाउन सक्ने छ ।‘गठबन्धन चुनावसम्मै लैजाउ भन्ने हामीलाई छैन, अहिलेकै अवस्थामा माओवादी र माधब नेपालको पार्टीले हात झिके पनि हामीलाई गाह्रो छैन, त्यस्तो अवस्थामा प्रतिनिधिसभाकै (संसदमा अल्पमतमा परेको अवस्थामा संसद विघटन गरेर) निर्वाचन गर्नुपरेछ भनेपनि हामीलाई त झन सजिलो हुन्छ’ काँग्रेसका एक नेताले भने, ‘एमसीसीलाई कारण देखाएर सरकारबाट उनीहरु बाहिरिन्छन् भने पनि हाम्रो लागि त अवसरनै भयो, कम्तीमा चुनावमा भागबण्डा त गर्नुपरेन । अहिले नै गएभने हामीले धोका दिएको भन्ने सन्देश पनि जाँदैन । गए राम्रो ।’ वाम गठबन्धन भाग–२ को संकेतएमसीसी विवादले तत्कालिन नेकपाभित्रको शक्ति संघर्ष र अदालतको आदेशपछि एमाले माओवादी ब्यूँतिएको विषय अहिले सेलाएको छ । नेकपा एकता जोगाउन नसकेको भन्दै ओली र प्रचण्डमाथि खनिने जनमत बाक्लो थियो । तर, अब त्यसरी खनिनेहरु एमसीसीको मुद्दामा केन्द्रित भएका छन् ।करिब दुई तिहाई जनमत पाएर पनि ५ वर्ष एकल सरकार चलाएर जनअपेक्षा अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै ओली र प्रचण्डलाई गाली गर्दा ओलीका समर्थकले प्रचण्ड–माधबलाई दोषी देखाउँथे भने प्रचण्ड–माधबका समर्थकले ओलीलाई दोषी देख्थे । तर, अहिले अवस्था फेरिएको छ । एमसीसीका कारण गाली खाने ठाउँमा काँग्रेस आईपुगेको छ ।तत्कालिन नेकपाको विभाजन ओझेलमा परेको अवस्था छ । केही दिन अघिको एक अन्तरवार्तामा माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग गठबन्धन हुन सक्ने जनाउ दिईसकेका छन् । अहिलेको सत्ता गठबन्धन टुटाउन सकेको अवस्थामा ओली पनि माओवादीसँग साझेदार गर्न अनिच्छुक देखिएका छैनन् । ‘माओवादी कुनैपनि हालतमा एक्लै चुनाव लड्ने मनस्थितीमा छैन । किनभने, माओवादीको अवस्था निकै कमजोर छ’ एकजना विश्लेषक भन्छन्, ‘काँग्रेसले हात छोड्ने वित्तिक्कै माओवादी पुग्ने भनेकै एमालेसँग हो, माधब नेपाल त कमजोरी स्वीकारेर एमालेमै फर्किन्छन् भन्ने लाग्छ । त्यसैले अहिलेको सत्ता गठबन्धन फुट्नासाथ अर्को वाम गठबन्धन भन्ने पक्का छ ।’ चुनावी तालमेल हुँदै एकतासम्म जानका लागि नेताहरुको दौडधुप पनि बाक्लिएको बुझाई उनको छ ।

प्रचण्डको प्रस्ताव देउवाद्वारा अस्वीकार

काठमाडौं, २७ माघ । सत्ता गठबन्धन पनि जोगाउने एमसीसी पनि चुनाव पछि धकेल्ने प्रस्ताव लिएर पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए । उनको साथमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि थिए । देउवाले भने प्रचण्डको प्रस्ताव ठाडै अस्वीकार गरे । उनले एमसीसी थाती नराख्ने भन्दै छिटो निर्णय दिन […]