नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छाडेर भए पनि सत्ता गठबन्धन जोगाउने बताएका छन् ।
काभ्रेको पाँचखालमा योङ कम्युनिष्ट लिग (वाइसीएल)को नगर सभालाई सम्बोधन गर्दै उनले एमसीसीलाई अगाडि सारेर गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताए ।
अहिलेका लागि एमसीसी भन्दा गठबन्धन मुख्य कुरा भएकोले जसरी पनि जोगाउने र निरन्तरता दिने उनले बताए ।
असोज ६ को साँझमा बालुवाटारमा बसेको गठबन्धन बैठकले जसरी पनि पाँच पार्टीको गठबन्धन जोगाउने निर्णय गर...