नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेकी ९० वर्षीया पार्वती गरिन् मतदान

मुगु, ३० वैशाख । मुगु छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान गरेकी छन् । छायाँनाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् । उनलाई नाति दिपक रोकायले बोकेर मतदानस्थल लगेका थिए ।

सम्बन्धित सामग्री

पाँचथरमा मतदानस्थल नजिक विष्फोट, मतदान स्थगित

पाँचथर । पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ । मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन । सो विस्फोटसँगै केही बमका छर्रा भने मतदान केन्द्रसम्म आइपुगेका थिए । कुनै किसिमको मानवीय क्षति नभएपनि मतदान प्रक्रिया भने अवरुद्ध भएको छ । […] The post पाँचथरमा मतदानस्थल नजिक विष्फोट, मतदान स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मकवानपुरमा ७९ मतदानस्थल संवेदनशील

हेटौंडा : मकवानपुरमा ७९ वटा मतदानस्थल संवेदनशील रहेको पाइएको छ। दुईवटा संघीय र ४ प्रदेशसभा क्षेत्रका लागि १६७ मतदान स्थल रहेकोमा जिल्लामा ७९ वटा मतदानस्थल संवेदनशील रहेको पाइएको हो।मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले १९ मतदानस्थल अति संवेदनशील निर्वाचन क्षेत्र रहेको जानकारी दिए। उनले अति संवेदनशील १९, संवेदनशील ६० र सामान्य ८८ मतदानस्थल पहिचान गरेर सुरक्षा सुरु गरेको बताए। उनले जिल्लाको मतदान स्थलको अवस्था, भूगोल, सञ्चारको सम्पर्कताको आधारमा क्षेत्रको पहिचान गरेको र

बझाङमा दुई मतदानस्थल थप

बझाङमा दुई  मतदानस्थल थप भएका छन् । जिल्लाको छबिसपाथिभेरा र केदारस्यूँ गाउँपालिकामा मतदानस्थल थप भएका हुन् । छबिसपाथिभेरा गाउँपालिका– ५ मा रहेको शान्ति माविको मतदान केन्द्रलाई विभाजन गरेर चन्द्रोदय मावि खतेडामा (नयाँ मतदान केन्द्र) थप गरिएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिए ।उनका अनुसार केदारस्यूँ–४ मा पनि मतखान केन्द्र विभाजन गरिएको छ । जगन्नाथ माविको मतदान केन्द्र विभाजन गरेर नयाँ मतदानस्थल शिक्षोदय मावि बागथलामा तोकिएको हो ।

बैतडीमा मतदानस्थल अनुगमन शुरु

बैतडी । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीका मतदानस्थल र मतदानकेन्द्र अनुगमन कार्य शुरु गरिएको छ । उक्त निर्वाचनलाई मध्येनजर गरेर दशरथचन्द नगरपालिका, डिलाशैनी र दोगडाकेदार गाउँपालिका अन्तर्गतका केही मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार मतदानस्थल र मतदान केन्द्रको सुरक्षा […]

सप्तरीमा नौ मतदानस्थल सार्ने र १८ मतदान स्थल थप्ने निर्णय

काठमाडौँ– जिल्ला निर्वाचन कार्यालय सप्तरीले निर्वाचनका लागि नौ मतदानस्थल सार्ने र १८ मतदानस्थल थप गर्ने निर्णय गरेको छ । जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले जिल्लामा रहेका मतदानस्थलमा नौवटा सार्ने, १८ वटा थप गर्ने, दुईवटा गाभ्ने र ३३ वटाको नाम सच्याउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गरेको छ । गत स्थानीय तह निर्वाचनमा नौ […]

रसुवाका मतदानस्थल र मतदान केन्द्रको निरीक्षण

रसुवा– रसुवाका मतदानस्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको छ ।  शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि निर्माणाधीन मतदानस्थल र मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको हो ।  बुधबार मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, निर्वाचन अधिकारी श्रीराम थापालगायतको टोलीले मतदानस्थल र मतदान केन्द्र निर्माण तथा निर्वाचनको व्यवस्थापनलगायतको स्थलगत निरीक्षण गरेका हुन् […]

पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका १४ पालिकामा कूल १६७  मतदानस्थल र ४०४  मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले हाल कायम गरिएको मतदानस्थल तथा मतदान केन्द्रमध्ये सबैभन्दा बढी जिल्लाको वीरगञ्ज महानगरपालिकामा ५५ मतदानस्थल र १४३  मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए ।  यसैगरी सबैभन्दा कम जिल्लाको पकहामैनपुर गाउँपालिकामा छ मतदानस्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको छ । यसैगरी क्

रसुवामा ३४ वटा मतदानस्थल र ५१ मतदान केन्द्र रहने

काठमाडौँ– रसुवामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र रहने भएको छ । गोसाइँकुण्ड गाउँपालिकामा आठवटा मतदानस्थल र नौवटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र, आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदानस्थल र पाँचवटा मतदान केन्द्र, उत्तरगया गाउँपालिकामा ६ वटा मतदानस्थल र […]

मतदान गर्न मतदानस्थल पुगे प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान गर्न प्रधानमन्त्री शेरबहादुर देउवा मतदानस्थल पुगेका छन् ।  नयाँ नेतृत्व चयनका लागि झण्डै साढे ३ घण्टा ढिला गरी मतदान शुरू भएको हो । बिहान ८ बजे गर्ने भनिएको मतदान साढे ११ बजेबाट शुरू भएको छ । महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान शुरू भएको हो । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री तथा केही खुला र केही समावेशी केन्द्रीय सदस्यको लागि मतदान हुन लागेको हो ।  सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, डा। शेखर कोइराला, प्रक...

मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र ‘मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत गरेको छ । मतदाता नामावली तयारीसँगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणको काम पनि गर्नुपर्ने भएकाले  अन्तिम मतदाता नामावली प्रकाशन गर्नु अगावै मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम स्वीकृत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।सरकारले २०७८ साल वै