डडेल्धुरा : वाम-लोकतान्त्रिक गठबन्धन डडेल्धुराले चुनावी अभियानलाई तीव्रता दिएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि वाम-लोकतान्त्रिक गठबन्धन डडेल्धुराले चुनावी तयारीलाई व्यापक पारेको हो।गठबन्धनबाट प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रदेशसभा १ मा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्ट र प्रदेशसभा २ मा सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा उम्मेदवार छन्। भट्ट र बोहरा मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन्।गठबन्धनले