नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसभित्रको विवाद बढ्दै गएको छ । स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा पार्टी एकताबद्ध हुनेगरि नेतृत्वले पहल गर्न नसकेको भन्दै जिल्ला स्तरीय नेता कार्यकर्ताहरूले चुनावी अभियान बहिष्कार गर्ने चेतावनी दिएका छन् ।