प्रदेश १ सरकारको भुक्तानी असन्तुलन फराकिलो बन्दै गएको छ । पूर्ववर्ती सरकारले हचुवाका भरमा ल्याएको बजेट र जथाभावी तर्जुमा गरिएका योजनाका कारण भुक्तानी असन्तुलन बढेको हो ।प्रदेश १ सरकारले गौरवको आयोजनाको रुपमा प्रदेशभर १५० भन्दा बढी बहुवर्षे आयोजना संचालन गरिरहेको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयका उपसचिव पुण्य रिजालका अनुसार यसै आर्थिक वर्षमा झण्डै २७ अर्ब रुपैयाँको भुक्तानी दिनुपर्ने दायित्व बोकेका १५० आयोजना छन् ।तर, प्रदेश सरकारले हालसम्म स्रोत सुनिश्चित गरेको रकम भने साढे ६ अर्ब हाराहारी