विराटनगर : ‘मलाई राजनीति के हो? थाहा थिएन। तर, पहिचानका लागि म १४ वर्षको उमेरदेखि लागि परेँ’, उनले हाँस्दै सुनाइन्।यतिबेला प्रदेश १ सरकार गठनको निर्णायक भूमिकामा रहेको जसपाकी एक्ली समानुपातिक सांसद ताप्लेजुङकी निर्मला लिम्बू गफैगफमा राजनीतिक यात्रा आरम्भको विषयबाट सुरु भइन्। प्रदेश १ मा प्रत्यक्षतर्फ शून्य रहेको जसपा समानुपातिकमा एकजना सांसद त्यसमा पनि आफू यति महत्वपूर्ण र निर्णायक स्थानमा हुन्छु भन्ने उनलाई लागेको थिएन।तर, पछिल्लो समयको राजनीतिक समीकरणले आफ्नो पार्टी