प्रदेश १ सरकार गठनका लागि निर्णायक पार्टीको रुपमा रहेको जसपा नेपालकी एकमात्र सांसद निर्मला लिम्बूले आफूलाई मुख्यमन्त्री बाहेक रोजेकै मन्त्रालयको अफर आइरहेको बताएकी छन् । प्रदेश १ मा एक सिटमात्र रहेको जसपा सरकार गठनका लागि निर्णायक शक्ति हो । जसपाको समर्थन बिना प्रदेश १ मा कांग्रेस नेतृत्वको गठबन्धन वा एमाले नेतृत्वको गठबन्धनले सरकार बनाउन सक्ने अवस्था छैन ।‘प्रस्ताव धेरै आएका छन् । मुख्यमन्त्रीको चाहिँ प्रस्ताव आएको छैन । त्यसबाहेकको सबै मन्त्रालयको प्रस्ताव आएको छ,’ रातोपाटीसँग कुरा