संघ र प्रदेशको निर्वाचन कात्तिक मसान्त वा मङ्सिरको पहिलो साता

आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी भएको छ ।नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक आउँदो असार १ गतेदेखि खुला गरिएको छ । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पाँच वर्षे अवधि मङ्सिर पहिलो साता सकिँदैछ । दुई पटकक विघटन भएर पनि सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभाको कार्यकाल सकिने भएपछि सरकार र आयोग आवश्यक तयारीमा जुटेका छन् ।आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणाका लागि नेपाल सरकारसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको जानकारी दिए । उनले निर्वाचनको मिति घोषणा कम्तीमा १२० अगाडि नै हुने गरी गराउन आयोगले सरकारलाई आग्रह गरेको जनाउँदै मतदाता नमावलीमा नामावली नदोहोरिने गरी नाम दर्ता र संशोधनका लागि सम्बन्धित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयमा आवश्यक प्रबन्ध गरिएको बताए । नेपालको संविधानमा आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।

सम्बन्धित सामग्री

संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्नेबारे गठबन्धनमा सहमति, भोलि घोषणा हुँदै

काठमाडौं, १८ साउन । सत्ता गठबन्धनको बैठकमा आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्नेबारे सहमति जुटेको छ । आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबनधनको बैठकमा संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्नेबारे सहमति जुटेको एक नेताले जनाए । बैठकमा सहभागी एक नेताकाअनुसार भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको […]

मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् ।उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा हुने बताए । प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिए । काँग्रेसभित्र पार्टीको

संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा पक्का : प्रवक्ता महत

१३ साउन, काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रिय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् । उनले सरकारले […]

सुरक्षा निकायको सरकारलाई सुझाव : संघ र प्रदेशको निर्वाचन दुई चरणमा गरौं

काठमाडौं । नेपाल प्रहरीले संघ र प्रदेशको निर्वाचन दुई चरणमा गर्न सरकारलाई सुझाव दिएको छ । केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रहरीले दुई चरणमा गर्दा सुरक्षा व्यवस्था बलियो र शान्तिपूर्ण हुने ठहर गरेको छ । स्थानीय तहको निर्वाचन एकै चरणमा गर्दा छिटपुट बाहेक कुनै अप्रिय घटना नभएपनि अबका निर्वाचनमा भने सुरक्षाको खतरा हुन सक्ने सुरक्षा निकायको […]

मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन : मेटमणि

काठमाडाैं : शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन्।मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्ताे बताएका हुन्।उनले हालसम्म सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई/तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी गरेकाे बताए। मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारीताका साथ काम गर्ने प्रतिवद्धतासमेत जनाएका छन्।उनले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताए। का

संघ र प्रदेशको निर्वाचन मंसिर २१ गते गर्ने तयारी छ : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन् ।  मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताएका हुन् ।उनले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई/तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको बताए । मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारीताका साथ काम गर्ने प्रतिवद्धतासमेत जनाए । उनले मुलुकलाई सही बाटोमा

संघ र प्रदेशको निर्वाचन मंसिर २१ गर्ने सरकारको तयारी छः मन्त्री चौधरी

काठमाडौँ– शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन। मंगलबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुने गरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताएका हुन्। उनले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भए पनि दुई–तीन महिनामा […]

मंसिरमा संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले संघ र प्रदेशको निर्वाचन मंसिरको पहिलो साता हुने बताएका छन्। बर्दियाको बेलभार गाउँमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामी संघ र प्रदेशको निर्वाचनको तयारीमा छौँ। स्थानीय तहको निर्वाचन मुलभूत रुपमा सफल भयो। प्रदेश र संघको निर्वाचनमा सफलतापूर्वक सम्पन्न भएर नयाँ सरकारले देशलाई समृद्धिको बाटोमा लाने विश्वास छ।’निर्वाचनको मितिबारे गठबन्धन र प्रमुख प्रतिपक्षी दलसँग छलफल भइरहेको समेत बताए।‘गठबन्ध

सत्तारुढ गठबन्धनमा छलफल–कात्तिकमा संघ र प्रदेशको निर्वाचन

सत्तारुढ गठबन्धनमा कात्तिकमा संघ र प्रदेशको निर्वाचन गर्ने गरी छलफल सुरु भएको छ ।  आगामी कात्तिक अन्तिममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने गरी छलफल सुरु भएको सत्तारुढ दल...