भत्ता काटेर सरकारले छुट्यायो खोप किन्न ५ अर्ब रुपैयाँ

काठमाडौँ- सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब रुपैयाँ विनियोजन गरेको बताए। विपक्षीको लगातारको विरोधलाई बेवास्ता गर्दै अर्थमन्त्री शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक पेस गरिरहेका छन्।

सम्बन्धित सामग्री

जर्मनीबाट ५ अर्ब ल्याउँदै सरकार

काठमाडौँ : जर्मनीले करिब ५ अर्ब ९ करोड अनुदान सहायता प्रदान गर्ने भएको छ। उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्न सरकारले अर्थ मन्त्रालयलाई अख्तियारी दिएको छ। मन्त्रिपरिषद्को बिहीवारको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिइन्।बैठकले विश्व बैंकबाट प्राप्त हुने करिब १३ अर्ब रुपैयाँ बराबरको ऋणसम्बन्धी सम्झौताको दस्तावेजलाई अन्तिम रुप दिन र बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने नि

राष्ट्र बैंकले मंगलबार ५ अर्ब २० करोडको ट्रेजरी बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बिक्री गर्ने भएको छ । सरकारले सोमबार सार्वजनिक बिदा दिएसँगै केन्द्रीय बैंकले ट्रेजरीको मंगलबार नै बोलकबोल गरेर सोही दिन बिक्री गर्ने भएको

लुम्बिनी प्रदेश सरकार : ५ वर्षमा एक खर्ब ५ अर्ब बराबर रुपैयाँ खर्च

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले स्थापनाको ५ वर्षमा एक खर्ब ५ अर्ब बराबर रुपैयाँ खर्च गरेको छ । २०७४ फागुन ३ गते स्थापना भएको प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्मका तीन आर्थिक वर्षमा १ खर्ब ४७ अर्ब ६२ करोडको बजेट ल्याएको थियो । जसमध्ये पुुँजीगततर्फ ८५ अर्ब १० करोड र चालुतर्फ ६२ अर्ब […]

सात प्रदेशको कुल बजेट : ३ खर्ब ५ अर्ब ४६ करोड

काठमाडौं । मुलुकभरिका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि बुधबार कुल ३ खर्ब ५ अर्ब ४६ करोड ५८ लाखबराबरको बजेट ल्याएको छ । पाँचवर्षे कार्यकालको अन्तिम बजेट पेस गरेका प्रदेश सरकारले बजेटको आकार बढाएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा २ खर्ब ६१ अर्बको बजेट ल्याएका प्रदेशले आगामी आर्थिक वर्ष २०७९÷८० का […] The post सात प्रदेशको कुल बजेट : ३ खर्ब ५ अर्ब ४६ करोड appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश १ : लोकमार्ग निर्माणका लागि ५ अर्ब बजेट

विराटनगर : प्रदेश १ सरकारले  लोकमार्गहरू निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशमा सय वटा झोलुङ्गे पुल निर्माणका लागि ३० करोड बजेट विनियोजन भएको छ। इटहरी र धरानको गुरु योजना बनाउनका लागि बजेट विनियोजन गरेको सरकारले इटहरीमा टेङ्ग्रा खोलालाई बुढीखोलामा मिसाउनका लागि अध्ययन गर्नका लागि पनि बजेट विनियोजन गरेको छ।त्यस्तै,स्थानीय  तह जोड्ने सडकका लागि ४४ करोड,जनता आवासका लागि २५ करोड,निर्वाचन क्षेत्र पुर्वाधा

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड

१५ जेठ, काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड बजेट छुट्याएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको पुनर्संरचना गरिने उल्लेखछ । जोनहरुलाई प्रदेशमा हस्तान्तरण गरिने अर्थमन्त्री जनादर्न शर्माले बताए । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड बजेट छुट्याएको समेत उनले बताए ।

वर्षाबाट पीडित किसानलाई साढे ५ अर्ब राहत

काठमाडौँ । बेमौसमी वर्षाबाट पीडित किसानलाई सरकारले साढे ५ अर्ब रुपैयाँ बराबर राहत दिने भएको छ । मन्त्रिपरिषद् बैठकले हिजो (बिहीबार) किसानको वर्गीकरण गरी पूर्ण र आंशिक क्षतिका आधारमा राहत दिने निर्णय गरेको हो । १ लाख ९१ हजार हेक्टरमा लगाइएको धानमा राहत दिइने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । ‘उक्त क्षेत्रफलका लागि ५ अर्ब ५२ […]

कार्यविधिबिना नै संघीय सरकारले गर्यो ५ अर्ब बढी खर्च

काठमाडौं । गत वर्ष संघीय सरकारका विभिन्न निकायले कोरोना नियन्त्रणका नाममा खर्चसम्बन्धी कार्यविधि नै नबनाई ४ अर्ब ७९ करोड ८६ लाख खर्च गरेको पाइएको छ । सो वर्ष संघीय सरकारले कोरोना नियन्त्रणका लागि ५ अर्ब ९२ करोड ७ लाखको बजेट विनियोजन गरेकोमा ४ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ खर्च भएको हो । यस्तै, यस […]

अर्थमन्त्रालयले खोप किन्न छुट्यायो ५ अर्ब

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको पद सम्हालेलगत्तै खोप किन्न ५ अर्ब रुपैयाँ विनियोजन गरेका छन्। उनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो निर्णय स्वरुप खोप किन्न उक्त रकम छुट्याएका हुन्। यसैगरी उनले स्वास्थ्य मन्त्रालयले पेस गरेको तीनवटा फाइललाई स्वीकृती दिँदै स्वास्थ्य क्षेत्रका कर्मचारीका लागि विशेष जोखिम भक्ताकोसमेत व्यवस्था गरेका छन्। निर्वतमान सरकारले आगामी आर्थिक वर्ष२०७८/७९को बजेटमार्फत खोप किन्न २६अर्ब रुपैयाँ छुट्याएको थियो।

औषधि खरिदका लागि ५ अर्ब ६० करोड बजेट

सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड बजेट बिनियोजन गरेको छ। आर्थिक वर्ष २०७८ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको बताए। सरकारले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको ७० प्रकारको औषधि सबै स्वास्थ्य संस्थामा हुने उनले बताए । औषधिको मूल्य र गुणस्तरको नियमित अनुगमन समेत गरिने उनले बताए।