सात प्रदेशको कुल बजेट : ३ खर्ब ५ अर्ब ४६ करोड

काठमाडौं । मुलुकभरिका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि बुधबार कुल ३ खर्ब ५ अर्ब ४६ करोड ५८ लाखबराबरको बजेट ल्याएको छ । पाँचवर्षे कार्यकालको अन्तिम बजेट पेस गरेका प्रदेश सरकारले बजेटको आकार बढाएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा २ खर्ब ६१ अर्बको बजेट ल्याएका प्रदेशले आगामी आर्थिक वर्ष २०७९÷८० का […] The post सात प्रदेशको कुल बजेट : ३ खर्ब ५ अर्ब ४६ करोड appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. विसं २०८१ असार १ गते बागमती प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ ?  रु. ६४ अर्ब ५४ करोड सातै प्रदेशको बजेट : २०८१/८२ – कोशी कुल बजेट : ३५ अर्ब २८ करोड

लुम्बिनी प्रदेशको पाँच महिनामा १३ प्रतिशत बजेट खर्च

लुम्बिनी प्रदेश सरकारको चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा १३.३८ प्रतिशतमात्र बजेट खर्च भएको छ । पाँच महिनाको अवधिमा भएको यस प्रकारको खर्च न्यून मात्रामा हो । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म चालूतर्फ १८.८३ र पुँजीगततर्फ ९.४१ प्रतिशत बजेट खर्च भएको हो । प्रदेशको कुल बजेट ४२ अर्ब ६३ करोड ५७ लाख बजेट रहेकोमा मंसिर […]

सुदूरपश्चिम प्रदेशको कुल बजेट खर्च ६६.६१ प्रतिशत

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ६६.६१ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारले ३१ अर्ब ४७ करोड ५६ लाख ९० हजार रुपैयाँको बजेटमध्ये २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार रुपैयाँमात्र खर्च गरेको हो ।प्रदेशको आर्थिक मामिला मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी अघिल्लो आर्थिक वर्षको बजेटमध्ये १० अर्ब ५० करोड ९४ लाख ९८ हजार रुपैयाँ खर्च गर्न नसकिएको जनाएको हो । मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले चालुतर्फ ९ अर्ब १ करोड ६४ लाख ४० हजार रुपैयाँ (७१.७१ प्रतिशत) खर्च भएको जनाए । उन

प्रदेशले ल्याए तीन खर्बको बजेट

प्रदेशको अर्थतन्त्र प्रवद्र्धन तथा उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । सम्बन्धित प्रदेशका अर्थमन्त्रीले आआफ्नो प्रदेश सभामा बुधबार आव २०७९/८० का लागि तीन खर्ब पाँच अर्ब ४६ करोड २६ लाख रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट चालू आर्थिक वर्षको तुलनामा ४४ अर्ब ४६ करोड रुपियाँले बढी हो । चालू आर्थिक वर्षमा सबै प्रदेशको कुल बजेट दुई खर्ब ६१ अर्ब रुपियाँ बजेट प्रस्तुत गरेका थिए ।

७ प्रदेशको बजेट : नगद अनुदान बाँड्ने होडबाजी

सबैजसो प्रदेशको जोड नगद अनुदान वितरणमा केन्द्रित छ । प्रदेश सरकारका अर्थमन्त्रीहरुले यसै वर्ष हुने निर्वाचनलाई लक्षित गरेर बजेटलाई वितरणमुखी बनाउन खोजेको देखिन्छ । सो क्रममा कृषकलाई अनुदानदेखि महत्वाकांक्षी पूर्वाधार आयोजना समेत घोषणा गरिएको छ ।

बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ करोड, भौतिक पूर्वाधारलाई जोड

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोडको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । जुन चालु आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो […]

बागमती प्रदेश : ६ महिनाको अवधिमा बजेट खर्च १५ प्रतिशत मात्र

बागमती प्रदेश सरकारले ६ महिनाको अवधिमा कुल बजेटका १५ प्रतिशत मात्र खर्च गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौंडाले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारले ६ महिनाको समयमा विनियोजन कुल बजेट ५७ अर्ब ७२ करोड ०९ लाख २७ हजार रुपैयाँमध्ये १५ दशमलव १५ प्रतिशत खर्च गरेको जनाएको हो ।सरकारले अर्ध वार्षिक अवधि समाप्त हुँदासम्म चालू आर्थिक वर्ष २०७८/०७९ को लागि विनियोजन गरिएको कुल बजेटको ८ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ खर्च गरेको हो । कोरोना संक्रमणको जोखिम, विभिन्न राजनीतिक परिवर्तन र सरकार

बागमती प्रदेश : ४ महिनामा सरकारको बजेट खर्च ८ प्रतिशत मात्र

हेटौंडा : पहिलो चौमासिकमा बागमती प्रदेश सरकारले जम्मा ७ दशमलव ७१ प्रतिशत मात्र बजेट खर्च गरेको छ।४ महिनामा ३ पटक सरकार परिवर्तन भएको बागमतीमा पहिलो चौमासिकमा कुल बजेटको ७ दशमलव ७१ प्रतिशत मात्र खर्च भएको हो। प्रदेशको कुल बजेट ५७ अर्ब ७७ करोड १४ लाख २७ हजार रूपैयाँ रहेकोमा कात्तिक मसान्तसम्म ४ अर्ब ४५ करोड १८ लाख ९३ हजार ८ सय ४० रूपैयाँ खर्च भएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले हालसम्म १० प्रतिशत चालू खर्च, ४ दशमलव ८५ प्रतिशत पुँजीगत खर्च र २० प्रतिशत वित्तिय ख

बागमती प्रदेशमा ‘एक घर, एक धारा’ निर्माण अभियान

हेटौंडा । बागमती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान अघि बढाइएको छ । बागमती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका लागि सो अभियान अघि बढाएको हो । आगामी ५ वर्षभित्र प्रदेशका १३ जिल्लाका सबै घरमा खानेपानी धारा जोड्ने अभियान अन्तर्गत प्रदेश सरकारले कार्यक्रम अघि बढाएको छ । उक्त अभियान अन्तर्गत प्रदेश खानेपानी तथा सरसफइ डिभिजन नं १ को कार्यालय हेटौंडाले आर्थिक वर्ष २०७७÷७८ मा आठओटा खानेपानी आयोजना सम्पन्न गरेको जानकारी दिएको छ । कार्यालयले संघीय सशर्त अनुदानतर्फ रहेका ७८ आयोजनामध्ये चितवनमा तीन र मकवानपुरमा पाँच आयोजना सम्पन्न गरेको कार्यालय प्रमुख सन्तोष श्रेष्ठले बताए । निर्माण सम्पन्न भएको खानेपानी आयोजनाबाट ११ हजार ११९ घरपरिवार लाभान्वित भएको सो कार्यालयले बताएको छ । त्यसैगरी आधारभूत खानेपानीतर्फ गत आर्थिक वर्षमा ४४ ओटा आयोजना सम्पन्न भएको थियो । त्यसको कुल बजेट ६० करोड २९ लाख रहेकोमा ५३ करोड २५ लाख खर्च गरी ८८ प्रतिशत वित्तीय प्रगति र ९४ प्रतिशत भौतिक प्रगति हासिल गरिएको श्रेष्ठले जानकारी दिए । यसअघि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा १८ ओटा र आर्थिक वर्ष २०७६/७७ मा १५ ओटा गरी कुल ३३ ओटा आधारभूत खानेपानी आयोजना सम्पन्न गरिसकेको छ । प्रदेशको राजधानी हेटौंडामा पछिल्लोपटक मागअनुसारको खानेपानी आपूर्ति भएको छ । हेटौंडा खानेपानी बोर्डका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका नजिक इनार निर्माण भएपछि खानेपानी आपूर्तिमा सहज भएको हो । बोर्डले भीमफेदीस्थित सामरी खोलामा कुल १ करोड १५ लाख लागतमा इनार निर्माण गरेको छ । उक्त इनारबाट दैनिक २७ लाख लिटर पानी वितरण शुरू भएको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकारी दिए । यसअघि दैनिक १ करोड ४५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको बोर्डमार्फत अहिले दैनिक १ करोड ७२ लाख लिटर आपूर्ति हुन थालेको छ । बोर्डको कार्य क्षेत्रमा दैनिक १ करोड ८० लाख लिटर खानेपानी माग रहिआएको छ । रासस

प्रादेशिक बजेटको विविधता

आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि सात प्रादेशिक वार्षिक कुल बजेट २ खर्ब ६४ अर्ब ९ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसमा प्रदेश १ को ४० अर्ब ९० करोड, प्रदेश २ को ३३ अर्ब ५६ करोड, बागमती प्रदेशको ५१ अर्ब ४२ करोड, गण्डकी प्रदेशको ३४ अर्ब ८४ करोड, प्रदेश ५ को ३६ अर्ब ३५ करोड, कर्णाली प्रदेशको ३३ अर्ब ७४ करोड र सुदूरपश्चिम प्रदेशको ३३ अर्ब २८ करोड रुपियाँ रहेको छ । यो बजेटमा सबैभन्दा बढी बागमती प्रदेश र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको बजेट छ ।