अर्थमन्त्रालयले खोप किन्न छुट्यायो ५ अर्ब

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको पद सम्हालेलगत्तै खोप किन्न ५ अर्ब रुपैयाँ विनियोजन गरेका छन्। उनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो निर्णय स्वरुप खोप किन्न उक्त रकम छुट्याएका हुन्। यसैगरी उनले स्वास्थ्य मन्त्रालयले पेस गरेको तीनवटा फाइललाई स्वीकृती दिँदै स्वास्थ्य क्षेत्रका कर्मचारीका लागि विशेष जोखिम भक्ताकोसमेत व्यवस्था गरेका छन्। निर्वतमान सरकारले आगामी आर्थिक वर्ष२०७८/७९को बजेटमार्फत खोप किन्न २६अर्ब रुपैयाँ छुट्याएको थियो।

सम्बन्धित सामग्री

भत्ता काटेर सरकारले छुट्यायो खोप किन्न ५ अर्ब रुपैयाँ

काठमाडौँ- सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब रुपैयाँ विनियोजन गरेको बताए। विपक्षीको लगातारको विरोधलाई बेवास्ता गर्दै अर्थमन्त्री शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक पेस गरिरहेका छन्।

अर्थमन्त्रीको पहिलो निर्णय : कोभिड खोप किन्न ५ अर्ब बजेटको सहमति

३० असार, काठमाडौं । अर्थ मन्त्रालयले कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ बजेट सहमति दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहणका क्रममा कुल चार वटा फाइल सदर गरेका छन् …