कृषि क्षेत्रलाई व्यावसायिक ढङ्गले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एसियामै पहिलो पटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ। कार्यक्रमका प्रमुख अतिथि एवं कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले प्रतिवेदन विमोचन गरेका थिए।