कांग्रेसको महाधिवेशन तालिका फेरी प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन तालिका फेरी प्रभावित भएको छ । कांग्रेसले २१ हिमाली जिल्लाको अधिवेशन आजसम्म टुंग्याउने निर्णय गरेको थियो । त्यस मध्ये १४ जिल्लाको अधिवेशन आज सकिने निर्वाचन समिति सदस्य एकराज पोखरेलले जानकारी दिनुभयो । आज हुन नसकेका जिल्लामा दसैंपछि मात्र अधिवेशन निर्वाचन समितिले जनाएको छ । ६ हिमाली जिल्लाले नयाँ नेतृत्व चयन […]

सम्बन्धित सामग्री

एमाले र कांग्रेसको महाधिवेशन भिड जम्मा गर्ने थलो मात्रै : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसको महाधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भिड जम्मा गर्ने थलोको रूपमा रहेको टिप्पणी गरेका छन् । शनिबार माओवादी केन्द्रको...

कांग्रेसको महाधिवेशन उत्सव

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको शुक्रबार उद्घाटन गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा भएको उद्घाटन समारोहमा नेपाल र भारतका विभिन्न राजनीतिक दलका नेताहरुले कांग्रेसलाई शुभकामना दिए । शुभकामना दिन भारतीय राष्ट्रिय कांग्रेस र भारतीय जनता पार्टीका नेता आएका थिए भने नेपालका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

कांग्रेसको महाधिवेशन: लुम्बिनीबाट पदाधिकारीसहित केन्द्रमा जाने आकांक्षी धेरै

बुटवल: नेपाली कांग्रेसको महाधिवेशन संघारमा आएसँगै लुम्बिनी प्रदेशबाट पदाधिकारी र केन्द्रीय समितिका आकांक्षीहरू धेरै देखिएका छन्। संस्थापन र संस्थापन इतर समूहबाट उपसभापतिसहित महामन्त्री, सहमहामन्त्री सहितका पदाधिकारीमा दाबी गर्दै उम्मेदवारी घोषणा गर्न थालेका छन्। लुम्बिनीबाट कांग्रेसको पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि २ दर्जन भन्दाबढी नेताहरुले लबिङ थालेका छन्। वडा, क्षेत्रीय, जिल्ला…

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेको थियो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको छ । कांग्रेसकाे महाधिवेशन आगामी मंसिर ९ देखि १३ […]

साँच्चै मंसिरमै हुन्छ कांग्रेसको महाधिवेशन !

सत्तारूढ दल नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको प्रक्रिया आरम्भ भएको छ तर निर्धारित मिति आगामी मंसिर ९–१३ मा महाधिवेशन सम्पन्न हुने सुनिश्चित वातावरण बनेको छैन । क्रियाशील सदस्यताको अन्तिम टुङ्गो र र वडा अधिवेशन महाधिवेशनको फलामे ढोका मानिन्छ । यो आलेख तयार हुँदासम्म यी दुई वटा ढोका पार हुन बाँकी नै छ । छपन्न वटा जिल्लामा […]

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। बागमती प्रदेशस्थित कांग्रेस सांसद नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै बिहीबार रिट दायर गरेका हुन्।वैद्यले रिटमा कांग्रेसको महाधिवेशन पछि सार्न माग गरेका छन्। सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले ढिलागरी रिट आएकाले बिहीबार दर्ता गर्न नसकिएको बताए। ‘रिट ल्याएर करिब चार बजेतिर आउनु भएको हो, समय अभावले आज दर्ता गर्न सकिएन’ दाहालले थाहाखबरसँग भने, ‘भोलि दर्ता हुन्छ, पर्सि पेसीमा

कांग्रेसको महाधिवेशन फेरि सर्ने निश्चित्

काठमाडौं, ५ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सर्ने निश्चित् भएको छ । हालै केन्द्रीय कमिटी बैठकले सर्वसम्मतीबाट पार्टीको महाधिवेशन भदौ १८ गतेबाट सुरु गरेर मंसिर ९, १०, ११, १२ र १३ गते सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित् भएको कुरा स्वयम कांग्रेसका प्रभावशाली […]

कांग्रेसको महाधिवेशन कार्यतालिका पारित

असार ४, काठमाण्डौ । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति शेर बहादुर देउवाले राख्नुभएको महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको हो । संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन सुरु हुने छ भने पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि […]

कांग्रेसको महाधिवेशन आगामी भदौ दोस्रो साता !

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लगिने भएको छ । उक्त मितिमा एकदुई हप्ता तलमाथि पर्न सक्न कांग्रेस नेताहरुले बताएका छन् । ५ बर्ष पुग्दा पनि महाधिवेशन गर्न नसकेका कारण थप ६ महिना म्याद थपका लागि क्राग्रेसले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर […]