आशा लघुवित्त पाँचौ वर्षमा प्रवेश

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था पाँचौ वर्षमा प्रवेश गरेको छ ।  नेपाल राष्ट्र बैंकबा 'घ' वर्गको

सम्बन्धित सामग्री

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले असार ३१ गतेदेखि एकीकृत कारोबार थाल्ने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति प्रक्रिया पूरा गरी असार ३१ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न लागेको हो । यी दुई कम्पनीबीच गत चैत २९ गते प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।  गत जेठ २३ गते प्राप्तिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको नेपाल राष्ट्र बैंकले असार २२ गते यी कम्पनीहरूलाई प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । नेपाल धितोपत्र बोर्डले असार २६ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २७ गते स्वीकृति प्राप्त गरेसँगै यी कम्पनीले एकीकृत कारोबार शुुरू गर्न लागेका हुन् । हाल राष्ट्र उत्थान लघुवित्तको चुक्ता पूँजी रू. २६ करोड छ भने आशा लघुवित्तको रू. ३८ करोड १६ लाख १६ हजार छ । प्राप्तिका लागि राष्ट्र उत्थान लघुवित्तको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण चल अचल सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरू आशा लघुवित्तले सकार्ने गरी प्रक्रिया अघि बढेको हो । दुई कम्पनी एक भई आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।  प्राप्तिपछि बन्ने यस कम्पनीको केन्द्रीय कार्यालय हाल राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान बनेपा नगरपालिका–१३, काभ्रेपलाञ्चोकमा रहनेछ । यी दुई कम्पनी समान हैसियतमा एक हुन लागेका हुन् । प्राप्ति प्रक्रियाका लागि तय भएको शेयर स्वाप रेसियोलाई विशेष साधारण सभामार्फत स्वीकृति प्रदान गर्नेछ ।

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने

३० चैत, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । २९ चैत बुधबार साँझ आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । दुई […]

आशा लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

२४ माघ, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले २१.०५२६ प्रतिशत लाभँंश दिने भएको छ । २३ माघ सोमबार बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँको २० प्रतिशत बोनस सेयर र लाभांशमा […]

आशा लघुवित्तको सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैँ- आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ। उक्त सेयर किन्न चाहने लगानीकर्ताहरूले […]

संस्थापक शेयर विक्री गर्ने योजनामा आशा लघुवित्त

चैत २, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर विक्री गर्न निवेदन दिएको भन्दै कम्पनीले संस्थापकतर्फको शेयर विक्री गर्न लागेको हो ।  कम्पनीले संस्थापक शेयर खरीद गर्न इच्छुक हाल कायम रहेका संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था अनुरुप सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित नुवाकोटस्थित केन्द्रीय कार्यालयमा सम्पर्क गर्न भनेको छ । तोकिएको समयावधिमा संस्थापक शेयरधनीको तर्फबाट निवेदन नआएमा प्रचलित नियमानुसार अन्य कम्पनी  तथा व्यक्तिलाई विक्री गर्ने पनि कम्पनीले बताएको छ । कम्पनीले शेयर संख्या र विक्री गर्ने मूल्य बारे केहि खुलाएको छैन ।

२५ प्रतिशत बोनसमा आशा लघुवित्त र स्वरोजगारको लघुवित्तको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार २ वटा लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज कार्तिक १२ गते बुक क्लोज गर्ने निर्णय गरेका आशा लघुवित्त र स्वरोजगार लघुवित्तको शेयर मूल्य समायोजन भएको हो ।स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य १२७२ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १५९० रुपैयाँ थियो । त्यस्तै आशा लघुवित्तको  २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य १५१९.९२ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १८९९.९० रुपैयाँ थियो ।  आशा लघुवित्त Asha Laghubitta Bittiya Sanstha ले कार्तिक २७ गते शनिवार नुवाकोटको ककनीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने ६ करोड ६७ लाख ८२ हजार ८ सय रुपैयाँ बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि १.३१ प्रतिशतले हुन आउने ३५ लाख १४ हजार ८ सय ८४ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २६ करोड ७१ लाख ३१ हजार रहेको छ ।त्यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब  विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ,  लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै अन्य लघुवित्त वित्तीय संस्था प्राप्ति वा मर्जर गर्ने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने, संस्थाको डिडिए गर्ने, संचालकको भत्ता वृद्धि गर्ने लगायतका प्रस्ताव सभामा पेश हुने छन्  । कम्पनीले साधारणसभा  प्रयोजनको लागि कार्तिक १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । स्वरोजगार लघुवित्त Swarojgar Laghubitta Bittiya Sanstha  ले  कार्तिक २७ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १० करोड २८ लाख १९ हजार ८ सय २४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले जनकपुर लघुवित्तलाई प्राप्ति गरि गत असोज २५ गतेबाट एकिकृत कारोबार सुरु गरकोले लाभांशमा कर छुट पाउने भएकोले नगद लाभांश प्रस्ताव गरेको छैन ।  तर एकिकृत कारोबार भएको मिति २०७७/६/२५ पछि कायम शेयरधनीले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने कम्पनीले जनाएको छ ।  आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीक्जो चुक्ता पुंजी ४१ करोड १२ लाख ७९ हजार २ सय ९७ रुपैयाँ रहेको छ ।त्यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब  विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ,  लेखापरीक्षक नियुक्ती गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने, सर्बसाधारण समुहबाट ३ जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै अन्य लघुवित्त वित्तीय संस्था प्राप्ति वा मर्जर गर्ने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने, संस्थाको डिडिए गर्ने, संचालकको भत्ता वृद्धि गर्ने लगायतका प्रस्ताव सभामा पेश हुने छन्  । कम्पनीले साधारणसभा  प्रयोजनको लागि कार्तिक १२ गतेदेखि करिक २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

आशा लघुवित्त र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि

कात्तिक १०, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार कात्तिक ११ गतेसम्म रहेको छ ।  ती दुबै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक १२ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।  आशा लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २७ गते साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे फ एण्ड ट्रोउट भिलेज होटल एण्ड रेष्टुरेण्ट ककनी, नुवाकोटमा हुनेछ ।  त्यसैगरी स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई सभाले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २७ गते साधारण सभा बोलाएको छ ।  सभा बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने छ ।

आशा लघुवित्त छैटौँ वर्षमा प्रवेश

काठमाडौं । आशा लघुवित्त सञ्चालनको पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ । पाँचौँ वार्षिकोत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले संस्थालाई यस उचाइमा ल्याउनका लागि प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने नियामक निकाय, सञ्चालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरू, लगानीकर्ताहरू, ग्राहक सदस्यहरू, कर्मचारीहरूलगायतलाई धन्यवाद व्यक्त गरे । नेपाल राष्ट्र...