२५ प्रतिशत बोनसमा आशा लघुवित्त र स्वरोजगारको लघुवित्तको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार २ वटा लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज कार्तिक १२ गते बुक क्लोज गर्ने निर्णय गरेका आशा लघुवित्त र स्वरोजगार लघुवित्तको शेयर मूल्य समायोजन भएको हो ।स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य १२७२ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १५९० रुपैयाँ थियो । त्यस्तै आशा लघुवित्तको  २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य १५१९.९२ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १८९९.९० रुपैयाँ थियो ।  आशा लघुवित्त Asha Laghubitta Bittiya Sanstha ले कार्तिक २७ गते शनिवार नुवाकोटको ककनीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने ६ करोड ६७ लाख ८२ हजार ८ सय रुपैयाँ बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि १.३१ प्रतिशतले हुन आउने ३५ लाख १४ हजार ८ सय ८४ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २६ करोड ७१ लाख ३१ हजार रहेको छ ।त्यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब  विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ,  लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै अन्य लघुवित्त वित्तीय संस्था प्राप्ति वा मर्जर गर्ने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने, संस्थाको डिडिए गर्ने, संचालकको भत्ता वृद्धि गर्ने लगायतका प्रस्ताव सभामा पेश हुने छन्  । कम्पनीले साधारणसभा  प्रयोजनको लागि कार्तिक १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । स्वरोजगार लघुवित्त Swarojgar Laghubitta Bittiya Sanstha  ले  कार्तिक २७ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १० करोड २८ लाख १९ हजार ८ सय २४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले जनकपुर लघुवित्तलाई प्राप्ति गरि गत असोज २५ गतेबाट एकिकृत कारोबार सुरु गरकोले लाभांशमा कर छुट पाउने भएकोले नगद लाभांश प्रस्ताव गरेको छैन ।  तर एकिकृत कारोबार भएको मिति २०७७/६/२५ पछि कायम शेयरधनीले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने कम्पनीले जनाएको छ ।  आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीक्जो चुक्ता पुंजी ४१ करोड १२ लाख ७९ हजार २ सय ९७ रुपैयाँ रहेको छ ।त्यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब  विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ,  लेखापरीक्षक नियुक्ती गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने, सर्बसाधारण समुहबाट ३ जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै अन्य लघुवित्त वित्तीय संस्था प्राप्ति वा मर्जर गर्ने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने, संस्थाको डिडिए गर्ने, संचालकको भत्ता वृद्धि गर्ने लगायतका प्रस्ताव सभामा पेश हुने छन्  । कम्पनीले साधारणसभा  प्रयोजनको लागि कार्तिक १२ गतेदेखि करिक २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

सम्बन्धित सामग्री

साल्ट ट्रेडिङ कर्पोरेशनसहित चार कम्पनीको शेयर मूल्य समायोजन, कुन कम्पनीको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीवार चार कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले साना किासान विकास लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन, सांग्रिला डेभलपमेन्ट बैंक र आशा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो । यी चार ओटै कम्पनीका आज अर्थात् फागुन २५ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।  नेप्सेले साना किसान विकास लघुवित्तको बिहीवार अन्तिम कायम शेयर मूल्य रू. १ हजार ११९ को आधारमा २६ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ८८८ दशमलव १० तोकेको छ । त्यस्तै साल्ट ट्रेडिङको अन्तिम कायम शेयर मूल्य रू. ४ हजार ३३५ को आधारमा १० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ३ हजार ९४० दशमलव ९१ तोकिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको बिहीवार कायम अन्तिम शेयर मूल्य रू. ३३८ को आधारमा ८ दशमलव ५३४ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ३११ दशमलव ४२ तोकिएको छ ।  त्यसैगरी नेप्सेले आशा लघुवित्तको बिहीवार कायम अन्तिम शेयर मूल्य रू. ८६० को आधारमा १४ दशमलव २८ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ७५२ दशमलव ५० तोकेको छ । यही मूल्यको आधारमा यी चार ओटै कम्पनीको शेयर आइतवार कारोबारमा आउनेछ ।