आशा लघुवित्त वित्तीय संस्थाद्वारा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे प्रशिक्षण

काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले विद्यार्थीहरुकाे लागि वित्तीय साक्षरताकाे जनचेतना अभियान सञ्चालन गरेकाे छ । लघुवित्तले आज शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरी विद्यार्थीहरुलाई वित्तीय साक्षरता लागि जनचेतना अभियान सञ्चालन गरेकाे हाे । विश्व वित्तीय सप्ताह–२०२३ अन्तरगत लघुवित्तले विद्यार्थीहरुकाे लागि वित्तीय साक्षरताकाे जनचेतना अभियान सञ्चालन गरेकाे संस्थाका शाखा प्रमुख बिरेन्द्र चौधरीले जानकारी दिनु भयाे । […]

सम्बन्धित सामग्री

दुई लघुवित्तको १ लाख ४७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री खुला गरेका छन् । सूर्योदय वोमी लघुवित्तले ६० हजार ६१७ कित्ता र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ८७ हजार १४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । दुबै कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । दुबै कम्पनीको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि कम्पनीको कर्पोरेट कार्यालय ललितपुर तथा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा र सूर्योदय आशा लघुवित्तको शेयर खरीदका लागि केन्द्रिय कार्यालय काभ्रेपलान्चोकमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा दुबै कम्पनीको शेयर विक्रीमा आउनेछ ।

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले असार ३१ गतेदेखि एकीकृत कारोबार थाल्ने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति प्रक्रिया पूरा गरी असार ३१ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न लागेको हो । यी दुई कम्पनीबीच गत चैत २९ गते प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।  गत जेठ २३ गते प्राप्तिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको नेपाल राष्ट्र बैंकले असार २२ गते यी कम्पनीहरूलाई प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । नेपाल धितोपत्र बोर्डले असार २६ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २७ गते स्वीकृति प्राप्त गरेसँगै यी कम्पनीले एकीकृत कारोबार शुुरू गर्न लागेका हुन् । हाल राष्ट्र उत्थान लघुवित्तको चुक्ता पूँजी रू. २६ करोड छ भने आशा लघुवित्तको रू. ३८ करोड १६ लाख १६ हजार छ । प्राप्तिका लागि राष्ट्र उत्थान लघुवित्तको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण चल अचल सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरू आशा लघुवित्तले सकार्ने गरी प्रक्रिया अघि बढेको हो । दुई कम्पनी एक भई आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।  प्राप्तिपछि बन्ने यस कम्पनीको केन्द्रीय कार्यालय हाल राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान बनेपा नगरपालिका–१३, काभ्रेपलाञ्चोकमा रहनेछ । यी दुई कम्पनी समान हैसियतमा एक हुन लागेका हुन् । प्राप्ति प्रक्रियाका लागि तय भएको शेयर स्वाप रेसियोलाई विशेष साधारण सभामार्फत स्वीकृति प्रदान गर्नेछ ।

आशा लघुवित्तले प्राप्ति प्रस्ताव पारितका लागि बोलायो साधारण सभा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १६ गते विशेष साधारण सभा बोलाएको छ । जेठ ३१ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले नुवाकोट, ककनीस्थित फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेष्टुरेन्टमा उक्त दिन बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न लागेको छ । नेपाल राष्ट्र बैंकले प्राप्तिका लागि जेठ २३ गते सैद्धान्तिक सहमति प्रदान गरिसकेको अवस्थामा विशेष साधारण सभामार्फत प्राप्ति प्रस्ताव पारित गर्न लागेको हो । यी दुई कम्पनीबीच गत चैत २९ गते प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । हाल राष्ट्र उत्थान लघुवित्तको चुक्ता पूँजी रू. २५ करोड ९९ लाख छ भने आशा लघुवित्तको रू. ३८ करोड १६ लाख छ । यी दुई कम्पनी समान हैसियतमा एक हुन लागेका हुन् । प्राप्ति प्रक्रियाका लागि तय भएको शेयर स्वाप रेसियोलाई विशेष साधारण सभामार्फत स्वीकृति प्रदान गरिनेछ । प्राप्तिपछि राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने तथा केन्द्रीय कार्यालय बनेपा नगरपालिका–१३, काभ्रेपलाञ्चोकमा रहने प्रस्तावसमेत सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि असार ७ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा असार ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

आशा लघुवित्तको सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । उक्त […]

आशा लघुवित्तको सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैँ- आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ। उक्त सेयर किन्न चाहने लगानीकर्ताहरूले […]

आशा लघुवित्तको सेयरमा आवेदन दिने आज अन्तिम दिन

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । उक्त सेयर किन्न चाहाने लगानीकर्ताहरूले न्यूनतम ३९५ रुपैयाँ र सोभन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् ।संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेय

आशा लघुवित्त र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि

कात्तिक १०, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार कात्तिक ११ गतेसम्म रहेको छ ।  ती दुबै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक १२ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।  आशा लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २७ गते साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे फ एण्ड ट्रोउट भिलेज होटल एण्ड रेष्टुरेण्ट ककनी, नुवाकोटमा हुनेछ ।  त्यसैगरी स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई सभाले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २७ गते साधारण सभा बोलाएको छ ।  सभा बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने छ ।

आशा लघुवित्तले गर्यो लाभांश घोषणा, सेयरधनीहरुलाई १५ प्रतिशत बोनस दिने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको नाफाबाट सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक

आशा लघुवित्त पाँचौ वर्षमा प्रवेश

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था पाँचौ वर्षमा प्रवेश गरेको छ ।  नेपाल राष्ट्र बैंकबा 'घ' वर्गको