आशा लघुवित्त र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि

कात्तिक १०, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार कात्तिक ११ गतेसम्म रहेको छ ।  ती दुबै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक १२ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।  आशा लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २७ गते साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे फ एण्ड ट्रोउट भिलेज होटल एण्ड रेष्टुरेण्ट ककनी, नुवाकोटमा हुनेछ ।  त्यसैगरी स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई सभाले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २७ गते साधारण सभा बोलाएको छ ।  सभा बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने छ ।   

सम्बन्धित सामग्री

३ वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

आज कार्तिक ११ गते बिहिबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि कार्तिक १२ गते बुक क्लोज गर्ने निर्णय गरेका स्वरोजगार लघुवित्त र आशा लघुवित्त तथा कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।आशा लघुवित्त Asha Laghubitta Bittiya Sanstha ले कार्तिक २७ गते शनिवार नुवाकोटको ककनीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने ६ करोड ६७ लाख ८२ हजार ८ सय रुपैयाँ बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि १.३१ प्रतिशतले हुन आउने ३५ लाख १४ हजार ८ सय ८४ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २६ करोड ७१ लाख ३१ हजार रहेको छ ।त्यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब  विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ,  लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै अन्य लघुवित्त वित्तीय संस्था प्राप्ति वा मर्जर गर्ने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने, संस्थाको डिडिए गर्ने, संचालकको भत्ता वृद्धि गर्ने लगायतका प्रस्ताव सभामा पेश हुने छन्  । कम्पनीले साधारणसभा  प्रयोजनको लागि कार्तिक १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha  ले कार्तिक २८ गते आइतबार बिहान ११ बजे त्रिपुरेश्वर स्थित बोगनभिल्लामा सभा आह्वान गरेको छ । साधारणसभामा लाभांह सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ १० पैसा बराबरको  बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने २४ लाख २१ हजार २ सय १३ रुपैयाँ ८० पैसा बराबरको नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी २४ करोड २१ लाख २१ हजार रहेको छ ।त्यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब  विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ,  लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै अन्तर्गत  कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभामा पेश हुने छन्  । कम्पनीले साधारणसभा  प्रयोजनको लागि कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । स्वरोजगार लघुवित्त Swarojgar Laghubitta Bittiya Sanstha  ले  कार्तिक २७ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १० करोड २८ लाख १९ हजार ८ सय २४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले जनकपुर लघुवित्तलाई प्राप्ति गरि गत असोज २५ गतेबाट एकिकृत कारोबार सुरु गरकोले लाभांशमा कर छुट पाउने भएकोले नगद लाभांश प्रस्ताव गरेको छैन ।  तर एकिकृत कारोबार भएको मिति २०७७/६/२५ पछि कायम शेयरधनीले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने कम्पनीले जनाएको छ ।  आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीक्जो चुक्ता पुंजी ४१ करोड १२ लाख ७९ हजार २ सय ९७ रुपैयाँ रहेको छ ।त्यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब  विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ,  लेखापरीक्षक नियुक्ती गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने, सर्बसाधारण समुहबाट ३ जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै अन्य लघुवित्त वित्तीय संस्था प्राप्ति वा मर्जर गर्ने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने, संस्थाको डिडिए गर्ने, संचालकको भत्ता वृद्धि गर्ने लगायतका प्रस्ताव सभामा पेश हुने छन्  । कम्पनीले साधारणसभा  प्रयोजनको लागि कार्तिक १२ गतेदेखि करिक २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।