पहिलो पटक प्लाइउड निर्यात

बाँकेबाट पहिलो पटक भारततर्फ प्लाइउड निर्यात भएको छ । यसअघि भारतबाट तयारी प्लाइउड र कच्चा पदार्थ ल्याउने गरिएकोमा यस क्षेत्रबाट पहिलो पटक प्लाइउड भारत निर्यात गरिएको हो । नेपालगञ्ज औद्योगिक क्षेत्रमा सञ्चालित शिखर प्लाइउडले २८ टन प्लाइउड पहिलो चरणमा भारत पठाएर निर्यात सुरु गरेको हो ।

सम्बन्धित सामग्री

दोब्बर बढ्यो प्लाइउड निर्यात

मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला प्लाइउडको निर्यात भने दोब्बरले बढेको छ । छिमेकी मुलुक भारतमा प्लाइउडको माग बढेपछि निर्यातमा ९४ प्रतिशतले बढेको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) सम्म चार अर्ब २१ करोड १४ लाख ६४ हजार रुपियाँको प्लाइउड निर्यात भएको छ । गत आवको सात महिनामा दुुई अर्ब १६ करोड २३ लाख ६४ हजार रुपियाँको प्लाइउड निर्यात भएको थियो ।

निर्यातमा आशा जगाउँदै विद्युत्, सिमेन्ट, प्लाइउड र आइटी सेवा

नेपालबाट निर्यात हुने कतिपय वस्तु तथा सेवाले निर्यात व्यापारमा केही आशा जगाएको छ । चालू आवको पहिलो पाँच महिनाको समीक्षामा नेपालको निर्यात व्यापारमा केही वस्तुको निर्यात तथ्यांकले आशा जगाउन सफल भएको...

झापामा प्लाइउड अभाव

बिर्तामोड– पछिल्लो समय झापामा प्लाइउड अभाव देखिएको छ । झापाका प्लाइउड उद्योगहरूले धमाधम प्लाइउड भारत निर्यात गर्न थालेपछि झापाका बजारमा प्लाइउडको अभाव देखिएको हो । झापाका एक दर्जनभन्दा बढी उद्योगले प्लाई उत्पादन गर्दै आएको भए पनि ती उद्योगले स्थानीय बजारमा भन्दा भारतमा राम्रो मूल्य पाएपछि प्लाइउड भारत निर्यात गर्न थालेका छन् । विगत ६ महिनादेखि […]

डेढ करोडको प्लाइउड भारत निर्यात

नेपालगन्ज नाकाबाट एक महिनामै डेढ करोड रुपियाँको प्लाइउड भारत निर्यात गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामै एक करोड ४६ लाख मूल्य बराबरको २५ हजार चार क्युबिक मिटर प्लाइउड भारत निर्यात गरिएको हो ।

बाँकेकाे मिडलाज ग्रुपद्वारा झन्डै १० लाख रुपैयाँ बराबरकाे प्लाइउड भारत निर्यात

बाँके – बाँकेका प्लाइउड उद्योगबाट उत्पादित प्लाइउड भारत निर्यात हुने क्रम बढ्न थालेको छ । शिखर प्लाइउड हुँदै पछिल्लो समय जानकी गाउँपालिकाको इन्द्रपुरमा रहेको मिडलाज ग्रुपले समेत प्लाइउड भारत निर्यात गर्न थालेको छ । मिडलाजसहित बाँकेका तीन वटा उद्योगले प्लाइउड भारत निर्यात गरिरहेका छन् । मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियाले पहिलो पटक झन्डै १० लाख रुपैयाँ बराबरकाे प्लाइउड भारतको प्रयागराज पठाइएको जानकारी दिनुभयो । पहिलो पटक सामान भारत पुगेयता प्रयागराजसहित कानपुर, लखनउ, आग्रा, बहर...

झण्डै ६ अर्बको अलैंची र १ अर्बको प्लाइउड निर्यात

२६ चैत, झापा । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट ४० करोड ६१ लाख १८ हजार रुपैयाँ मूल्य बराबरको […]

नेपालबाट प्लाइउड निर्यात

सुरुङ्गा– नेपालबाट प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको छ । नेपाल भेनियर उत्पादक संघ झापाका सचिव दिनेश चापागाईँका अनुसार नेपालमा ७९ वटा प्लाइउड उद्योग दर्ता रहेका छन् । तीमध्ये सञ्चालनमा रहेका ६३ वटा उद्योगले उत्पादन गरेको प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको सचिव चापागाईँले बताए ।  पछिल्लो तीन महिनामा मात्रै नेपालले रु ५० […]

तीन महिनामा ५० करोड रुपैयाँको प्लाइउड निर्यात

सुरुङ्गा । पछिल्लो तीन महिनामा मात्रै नेपालले ५० करोड रुपैयाँको प्लाइउड विदेश निर्यात गरेको छ । नेपालमा खपत पर्याप्त भएर पनि जेठ, असार र साउन महिनामा मात्रै ५० करोड बराबरको प्लाइ विदेश निर्यात गरेको नेपाल भेनियर उत्पादक सङ्घ झापाका सचिव दिनेश चापागाईँको भनाइ छ ।  मुलुकमै सबैभन्दा धेरै प्लाइउड उद्योग झापामा...

नगद अनुदानले प्लाइउड निर्यात वृद्धि

निर्यातमा अनुदानको व्यवस्थाले प्लाइउड निर्यात उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको माघसम्ममा दुई अर्ब १६ करोड २३ लाख रुपियाँको प्लाइउड निर्यात भएको छ । नगद अनुदानको व्यवस्थाले चालु आर्थिक वर्षमा पाँच अर्ब रुपियाँको निर्यात हुने उद्योगीको अनुमान छ । नगद अनुदान कार्यान्वयन प्रभावकारी भए आगामी आर्थिक वर्ष १० अर्ब रुपियाँको प्लाइउड निर्यात हुने र किसानले समेत त्यसको लाभ लिने अवसर सिर्जना हुने दाबी उद्योगीको छ ।