नेपालगन्ज नाकाबाट एक महिनामै डेढ करोड रुपियाँको प्लाइउड भारत निर्यात गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामै एक करोड ४६ लाख मूल्य बराबरको २५ हजार चार क्युबिक मिटर प्लाइउड भारत निर्यात गरिएको हो ।
नेपालमा बनेका इको प्यानल (निर्माण सामाग्री) भारत निर्यात हुन थालेको छ। स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने इको प्यालनहरु भारत निर्यात हुन थालिएको हो।...
बाँके – बाँकेका प्लाइउड उद्योगबाट उत्पादित प्लाइउड भारत निर्यात हुने क्रम बढ्न थालेको छ । शिखर प्लाइउड हुँदै पछिल्लो समय जानकी गाउँपालिकाको इन्द्रपुरमा रहेको मिडलाज ग्रुपले समेत प्लाइउड भारत निर्यात गर्न थालेको छ । मिडलाजसहित बाँकेका तीन वटा उद्योगले प्लाइउड भारत निर्यात गरिरहेका छन् ।
मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियाले पहिलो पटक झन्डै १० लाख रुपैयाँ बराबरकाे प्लाइउड भारतको प्रयागराज पठाइएको जानकारी दिनुभयो । पहिलो पटक सामान भारत पुगेयता प्रयागराजसहित कानपुर, लखनउ, आग्रा, बहर...
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए।...
भैरहवा । टीएमटी छड उत्पादन गर्दै आएको रुपन्देहीको श्री स्टिल प्रालीले आफ्नो उद्योगबाट उत्पादित स्टिल्स (छड) भारत निर्यात सुरु गरेको छ । नेपाली स्टिल्स उद्योगबाट भारतमा छड निर्यात गर्ने श्री स्टिल्स पहिलो उद्योग हो । कम्पनीले बुधबार ३५ टनको पहिलो खेप भारतको उत्तर प्रदेश राज्यमा पठाएको छ । भेरहवाको बेलहिया नाका हुँदै भारत महारजगन्ज जिल्लाको […]
भैरहवा । स्वदेशी उत्पादनको सिमेन्टपछि छड पनि भारत निर्यात हुन थालेको छ । परासी–भैरहवा करिडोरअन्तर्गत रुपन्देहीको रोहिणीस्थित श्री स्टील्स प्रालिले आज (बुधबार)बाट भारतमा टीएमटी छड निर्यात थालेको छ । जिल्लाको रोहिणी–३, सेमरहवा रहेको उद्योगले बेलहिया नाका हुँदै निर्यात सुरुवात गरेको हो । उद्योगले भारतको उत्तर प्रदेशस्थित एक सप्लायर्सलाई टीएमटी फलामे छड पठाएको हो । बुधबार […]
आरएमसी ग्रुपले सञ्चालन गरेको पाल्पा सिमेन्ट उद्योगले शुक्रबारदेखि आफ्नो उत्पादन भारत निर्यात गर्न सुरु गरेको छ । उद्योगले ‘तानसेन सिमेन्ट’ रुपन्देहीको सीमानाका सुनौली बजारदेखि गोरखपुरसम्म हाल १३ वटा डिलरमार्फत बिक्री सुरु...
काठमाण्डाै - नेपालले मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि भारत निर्यात गर्न थालेको छ । गएरातिदेखि मध्य मर्स्याङ्दीसहित पाँच वटा आयोजनाको ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
त्रिशूली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी जलविद्युत् आयोजनाले यसअघि नै भारतमा विद्युत् बेच्न थालिसकेका थिए । नेपाली विद्युतले भारतीय बजारमा भाउ पनि राम्रो पाइरहेको छ। गएराति १२ बजेदेखि भरे राति १२ बजेसम्मको लागि प्रतियुनिट औसत भारतीय छ रुपैया...
२१ जेठ, काठमाडौं । कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत शनिबारदेखि भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिहीबारदेखि त्रिशुली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक करिब ३९ मेगावाट विद्युत निर्यात […]