बागमती प्रदेश : ४ महिनामा सरकारको बजेट खर्च ८ प्रतिशत मात्र

हेटौंडा : पहिलो चौमासिकमा बागमती प्रदेश सरकारले जम्मा ७ दशमलव ७१ प्रतिशत मात्र बजेट खर्च गरेको छ।४ महिनामा ३ पटक सरकार परिवर्तन भएको बागमतीमा पहिलो चौमासिकमा कुल बजेटको ७ दशमलव ७१ प्रतिशत मात्र खर्च भएको हो। प्रदेशको कुल बजेट ५७ अर्ब ७७ करोड १४ लाख २७ हजार रूपैयाँ रहेकोमा कात्तिक मसान्तसम्म ४ अर्ब ४५ करोड १८ लाख ९३ हजार ८ सय ४० रूपैयाँ खर्च भएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले हालसम्म १० प्रतिशत चालू खर्च, ४ दशमलव ८५ प्रतिशत पुँजीगत खर्च र २० प्रतिशत वित्तिय ख