काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेल्सीले नटिङ्घम फरेस्टसँग १–१ गोलको बराबरी खेलेको हो । चेल्सीले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।
खेलको १६औँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए पनि नटिङ्घम फरेस्टका सेर्जी औरिएरले खेलको ६३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीसँगै चेल्सीले १६ खेलमा २५ अङ्क जोडेको छ । चेल्सी आठौँ स्थानमा रहेको छ । यस्तै, नटिङ्घम फरेस्ट १४ अङ्क जोडेर १८औ...