मुल्यवृद्धि ८.२ प्रतिशत पुग्ने

विश्व बैंकले रुस-युक्रेन युद्ध र आन्तरिक कारणले नेपालमा चालू आर्थिक वर्षमा मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने अनुमान गरेको केही दिनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मूल्य वृद्धि ८.१ प्रतिशत हुने जनाएको छ। साथै, आगामी आर्थिक वर्ष मुद्रास्फीति दर घटेर ७.१ प्रतिशतमा सीमित हुने पनि जनाएको छ।सरकारले भने चालू आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा तल राख्ने जनाएको थियो, जुन रुस तथा युक्रेनको युद्धका कारण भएको आपूर्ति चक्रको समस्या तथा आन्तरिक बजारका कारण सम्भव देखिंदैन । आईएमएफले सार्वजनि

सम्बन्धित सामग्री

वाणिज्य महासंघको नयाँ समितिकाे १०० दिन पूरा, यस्तो छ प्रगति विवरण (पूर्णपाठ)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिको १०० दिन पूरा भएको छ । समितिले आफ्नो कार्यकालको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । समितिले सरकारको राजश्व करिब १३ प्रतिशत घटेको छ भने पछिल्लो वर्षभरी नै सात प्रतिशत हाराहारी मुल्यवृद्धि रहेको उल्लेख गर्दै देशको आर्थिक संकट समाधानका उपायहरुका निम्ति महासंघ लागिरहेको र लागिरहने […]

मंसिरमा मुल्यवृद्धि ७.३८ प्रतिशत, सबैभन्दा बढी मुल्यवृद्धि तराइमा

काठमाडौं। गत मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत रहेको थियो। मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९प्रतिशत रहेको छ। मंसिरमा काठमाडौं उपत्यकामा ६.५६ प्रतिशत, तराइमा ८प्रतिशत, पहाडमा ७.३२प्रतिशत र हिमालमा ६.४८प्रतिशत मुद्रास्फीति रहेको छ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै पृथ्वीराजमार्ग बस सञ्चालक समितिले बढायो भाडा

काठमाडौं, ६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेसँगै यातायात व्यवसायीहरुले मनोमानी ढंगले गाडी भाडा बढाउन थालेका छन् । पृथ्वीराज मार्ग बस सञ्चालक समितिले आजैदेखि लागु हुनेगरी भाडा बढाएको हो । सञ्चालक समितिले सोमबारदेखि लागु हुने गरी १५ प्रतिशत भाडा वृद्धि गरेको हो । पेट्रोलियम पदार्थको मुल्य वृद्धिभए लगत्तै यातायात व्यवस्था विभागले भाडा […]

मनोमानीमा उत्रिए यातायात व्यवसायी,  आफैँले बढाए २० प्रतिशत बस भाडा

इन्धनमा चरम मुल्यवृद्धि भएको भन्दै यातायात व्यवसायीले आफैँ गाडी भाडा वृद्धि गरेका छन् । १५ चैतदेखि लागु हुने गरी पृथ्वी राजमार्ग बस सन्चालक प्रालिले आफू मातहतका गाडी भाडा बढाएको हो ।

मनोमानीमा उत्रिए यातायात व्यवसायी,  आफैँले बढाए २० प्रतिशत बस भाडा

इन्धनमा चरम मुल्यवृद्धि भएको भन्दै यातायात व्यवसायीले आफैँ गाडी भाडा वृद्धि गरेका छन् । १५ चैतदेखि लागु हुने गरी पृथ्वी राजमार्ग बस सन्चालक प्रालिले आफू मातहतका गाडी भाडा बढाएको हो ।

कोरोना महामारीले बढायो अमेरिका र बेलायतमा महंगी

एजेन्सी। कोरोना महामारीले अमेरिका र बेलायतमा महंगी बढाएको छ। बेलायतमा खाद्य वस्तु र मोटर इन्धनमा मूल्य वृद्धि भएको छ। बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिको वार्षिक दर बढेर जुनमा २.५ प्रतिशत पुगेको जनाएको छ। यसअघि २.१ प्रतिशत थियो। अमेरिकामा मंगलबार जारी गरिएको आधिकारिक आँकडाअनुसार त्यहाँ वार्षिक मुल्यवृद्धि १३ वर्षयता सबैभन्दा उच्च ५.४ प्रतिशत पुगेको छ।