मंसिरमा मुल्यवृद्धि ७.३८ प्रतिशत, सबैभन्दा बढी मुल्यवृद्धि तराइमा

काठमाडौं। गत मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत रहेको थियो। मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९प्रतिशत रहेको छ। मंसिरमा काठमाडौं उपत्यकामा ६.५६ प्रतिशत, तराइमा ८प्रतिशत, पहाडमा ७.३२प्रतिशत र हिमालमा ६.४८प्रतिशत मुद्रास्फीति रहेको छ।