मार्मा गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमवीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई रु १० लाख छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराउने भएको हो । गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकामा स्थायी घर भएको, गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेको एक उत्कृष्ट विद्यार्थीलाई ए