एउटै गाडी मर्मतमा साढे १० लाख खर्च!

धनगढी : कैलालीको चुरे गाउँपालिकासँग एक मात्र चारपाङ्ग्रे सवारी साधन छ। तर गत आर्थिक वर्षमा गाउँपालिकाले सवारी मर्मत शिर्षकमा १० लाख ५६ हजार २ सय २२ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले देखाएको छ।प्रदेश आर्थिक कार्यविधि नियमावली २०७६ मा अभिलेख अद्यावधिक गर्नुपर्ने उल्लेख गरिएको छ। तर सवारी मर्मतमा साढे १० लाख बढी खर्चेको गाउँपालिकाले कुनै अभिलेख भने राखेको छैन। त्यसपछि एक सवारीमा एक वर्षमा मात्रै साढे १० लाख खर्च भएको भन्दै प्रश्न गरिएको छ। तर गाउँपालिकाका प्रशासन शाखा प्

सम्बन्धित सामग्री

इन्स्पेक्टरलाई ठक्कर दिने गाडी चालकबाट १० लाख लिएर चलाइयो अभद्र व्यवहारमा मुद्दा

सवारी चालक ईश्वर मगरले मोटरसाइकलमा सवार इन्स्पेक्टर कृष्ण गिरीलाई ठक्कर दिएर घाइते बनाए । प्रहरी अस्पतालमा उपचार गराएका इन्स्पेक्टर गिरीलाई १० लाख रुपैयाँ उपचार खर्च पनि तिरे । तर, अहिले मगरलाई ‘अभद्र व्यवहार’को मुद्दा चलाइएको छ ।

तीन करोडमा आठवटा गाडी खरिद गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले आठवटा नयाँ गाडी किन्ने योजना अघि सारेको छ । दुई करोड १० लाख रुपैयाँमा ६ वटा विद्युतीय कार र एक करोडमा दुईवटा जिप खरिद गर्न लागेको हो ।  महानगरसँग हाल सबै...

मर्सिडिजले एकैपटक फिर्ता बोलायो १० लाख गाडी

जर्मन कार निर्माता मर्सिडिज बेन्जले १० लाख वटा कारलाई फिर्ता बोलाएको छ । कम्पनीले विश्वभरबाट करिब १० लाख वटा कारलाई फिर्ता बोलाएको हो । बीबीसीका अनुसार मर्सिडिजले विश्वभरबाट ९ लाख ९३ हजार ४०७ वटा कार फिर्ता बोलाएको हो ।जसमध्ये ७० हजारवटा मर्सिडिज कार फिर्ता बोलाएको छ । सवारीको ब्रेकिङमा समस्या आएपछि एकैसाथ ठूलो परिमाणमा कार फिर्ता बोलाएको जनाइएको छ । गतवर्ष पनि कम्पनीले सुरक्षा कमजोरीलाई कारण देखाउँदै ठूलो परिमाणमा कार फिर्ता बोलाएको थियो ।‘हामीले ती सवारीमा राखिएको ब्रेकिङमा समस्या पत्ता

मृतक वन रक्षकको परिवारलाई १० लाख

म्याजिक भेन ( चार चक्के सानो गाडी) को ठक्करबाट मृत्यु भएका वन रक्षक उदय गौतमको परिवारलाई १० लाख रुपैयाँ प्रदान गरिएको छ । वरण्डाभार उपभोक्ता समिति मार्फत स्वर्गीय गौतमको श्रीमती...

डिएफएसकेको मनसुन अफर

डिएफएसकेको नेपालका लागि आधिकारीक बिक्रेता कुजु नेपाल प्रालिले मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको मनसुन अफरमा गाडी किन्ने ग्राहकले सुरुमा १० लाख रुपैयाँ डाउनपेमेन्ट गरेर गाडी किन्न सक्नेछन् ।कम्पनीले बिक्री गर्दै आएको ग्लोरी ५६० र ग्लोरी आईअटोमा स्कीम सञ्चालन गरेको हो । ग्लोरी ५६० किन्ने ग्राहकले १० लाख डाउनपेमेन्ट गरेर गाडी खरिद […]

निषेधाज्ञामा दैनिक १० लाख यातायात मजदुर बेरोजगार, झण्डै ४० लाख परिवार समस्यामा

काठमाण्डाै - निषेधाज्ञाको समयमा दैनिक झण्डै १० लाख यातायात मजदुरको रोजगारी गुमेको छ । निषेधाज्ञाका कारण सार्वजनिक गाडी नचल्दा यातायात क्षेत्रमा आबद्ध १० लाख मजदुर बेरोजगार भएका नेपाल यातायात व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार वैशाख १६ गतेदेखि भएको निषेधाज्ञाले यातायात व्यवसायमा आश्रित झण्डै ४० लाख परिवार समस्यामा परेका छन् । १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र पूर्ण रुपले प्रभावित भएको छ । झण्डै चार लाख गाडी थन्किँदा अर्बौँको नोक्सानी भएको व्यवसायीले बताएका छन् । महासचिव स...

निःशुल्क ल्याइएको गाडी बनाउन १० लाख खर्च, त्यो पनि बाटैमा बिग्रियो

कालिकोट : कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले एउटा गाडी मर्मतमै १० लाख खर्च गरेको पाइएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले रास्कोट नगरपालिकालाई थोत्रो भइसकेको गाडी मर्मत गरेर चलाउन भन्दै निःशुल्क दिएको थियो। त्यही गाडी बनाउन १० लाख खर्च भएको भनी भुक्तानी दिइएको पाइएको छ।  मर्मतमै १० लाख खर्चिएको गाडी पनि जनप्रतिनिधि र कर्मचारीका लागि ल्याइएको हो। ४५ लाखमा खरिद गरिएको गाडी कर्णालीवारि हुल्म बजारमा राखिएको छ। उता नगरपालिकादेखि जितेबजारसम्म भनी मन्त्रालयबाट निःशुल्...