नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । एमाले मकवानपुरले बिहीबार सर्वसम्मत रुपमा १७ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको हो । ९ हजार २६८ जना संगठित सदस्य रहेको एमाले मकवानपुरले चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि एक दलितसहित १७ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनौट गरेको एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले बताए ।महाधिवेशन प्रतिनिधि छनौटका लागि कात्तिक २७ गते निर्वाचन कार्यक्रम तय गरिएको थियो । १७ प्रतिनिधिका लागि ७३ जनाले उम्मेदवारी दिएका भए पनि