भोलिको संसद बैठकमा एमसीसी टेबल गराउने काँग्रेसको निर्णय

नेपाली काँग्रेसको बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ। मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको एक सांसदले रातोपाटीलाई बताए । बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए । उनले एमसीसीमा एमालेले दोहोर चरित्र देखिएको बताउँदै अरु कम्युनिस्टले पनि दोहोरो चरित्र देखाएको धारणा राखेको ती सांसदको भनाइ छ । यद्यपि यसमा सरकारले मना

सम्बन्धित सामग्री

एमसीसी टेबल भएपछि तनावग्रस्त नयाँ बानेश्वर (तस्वीरहरू)

सरकारले आइतबारको संसद बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गराएको छ । संघीय संसद भवनमा एमसीसी टेबल भइरहँदा नयाँ बानेश्वर भने तनावग्रस्त बनेको छ ।

संघीय ऐन नै नबनाई संविधान मिचेर जबरजस्ती एमसीसी टेबल गर्ने काम भयो: झलनाथ खनाल

काठमाडौँ, ८ फागुन। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसद्मा जबर्जस्ती अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गरेर संविधान मिचिएको बताएका छन् । संसद बैठकमा सहभागी भएर फर्किने क्रममा संक्षिप्त प्रक्रिया दिँदै उनले यस्तो बताएका हुन् । संविधानको व्यवस्था भन्दा बाहिरबाट संसदमा एमसीसी टेबल गरेर गलत काम भएको समेत उनले दाबी गरेका छन् । उनले […]

एमसीसी टेबल भएपछि एमाले आन्तरिक छलफलमा

सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । एमालेको संसद अवरोधकै बीच आइतबार सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको हो । आइतबारको संसद बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका हुन् । ‘अहिले हामी अध्यक्षज्युसँग छलफलमा छौ’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘पछि कुरा गरौंला ।’  स्रोतका अनुसार अध्यक्ष ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल,

एमसीसी टेबल गर्न माओवादीको लिखित असहमति

एमसीसी टेबल गर्न माओवादीले असहमति जनाएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माओवादी केन्द्रका प्रमुख सचेतक लगायतका नेताहरु असहमति पत्र पेश गरेका हुन् ।संघीय संसद भवन नयाँ बानेश्वरस्थित कमल हलमा जारी बैठकमा सचेतक देव गुरुङ, सदस्यहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा राखेको असहमति पत्र पेस गरेका हुन् ।

एमसीसी टेबल गर्ने निर्णयप्रति खनालको असहमति

काठमाडौँ । नेता झलनाथ खनालले आइतबार (आज)को संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति जनाएका छन् । उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताएका हुन् ।

एमसीसी टेबल गर्ने शीर्ष नेताको सहमतिमा झलनाथ खनालको आपत्ति

८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति प्रकट गरेका छन् । उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए । ‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? संसद त चल्दैन […]

एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा सहमति

सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो ।‘गठबन्धनमा सहमति भएको छ, अव एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए ।गठबन्धनमा सहमति भएपछि आजै संसद बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्रीले तयारी गरेका छन् ।

संसदको आजको बैठकमा एमसीसी टेबल नहुने

काठमाण्डाै – प्रतिनिधिसभाको आज बस्ने बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा आजको बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको हो । संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच यस्तो सहमति भएको छ । प्रधानमन्त्री र प्रचण्डबीच भोलि दिउँसो सत्ता गठबन्धनको बैठक बस्ने सहमति पनि भएको छ । यथास्थितिमा एमसीसी टेबल नहुने र भएमा सरकार छाड्ने माओवादी केन्द्रको ...

जबरजस्ती एमसीसी टेबल गरे सरकारमा नरहने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ । संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसी परियोजना टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो । आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसी टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल गर्ने तयारी

काठमाडौँ – प्रतिनिधिसभा बैठक आज बस्दैछ । सरकारले आजको संसद् बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन । यद्यपि संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची संशोधन गर्ने […]