एमसीसी टेबल गर्न माओवादीको लिखित असहमति

एमसीसी टेबल गर्न माओवादीले असहमति जनाएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माओवादी केन्द्रका प्रमुख सचेतक लगायतका नेताहरु असहमति पत्र पेश गरेका हुन् ।संघीय संसद भवन नयाँ बानेश्वरस्थित कमल हलमा जारी बैठकमा सचेतक देव गुरुङ, सदस्यहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा राखेको असहमति पत्र पेस गरेका हुन् ।

सम्बन्धित सामग्री

एमसीसी टेबल गर्नेबारे कार्यव्यवस्था बैठकमा माओवादीको असहमति

बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिमा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सदस्यहरू जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा राखेको असहमति राखेका हुन् ।

एमसीसी टेबल गर्ने निर्णयप्रति माओवादीको लिखित असहमति (पत्रसहित)

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा नेकपा (माओवादी केन्द्र)ले अहसमति जनाएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी संसद्मा टेबल गर्ने सहमति भएको छ । उक्त निर्णयप्रति असहमति जनाउँदै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र सांसदहरू जयपुरी घर्ती र रेखा शर्माले असहमति पत्र पेस गरेका हुन्...

बानेश्वरमा वाईसीएल र क्रान्तिकारीको प्रदर्शन पार्टीकै सल्लाहमा

नेकपा माओवादीको दुई भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) र योङ कम्युनिस्ट लिग (वाईसीएल) ले शुक्रबार पनि राजधानीमा प्रदर्शन गर्ने भएका छन् ।  सत्ता गठबन्धनमा सहमति बिनै सरकारले एमसीसी टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा क्रान्तिकारी र वाईसीएलले प्रदर्शन गर्न लागेको हो। मध्यान्ह १२ बजे बानेश्वरमा प्रदर्शन गर्ने तय भएको अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल गर्न सहयोग नगर्ने बताइसकेको छ भने माओवादीको असहय

एमसीसीको विरोध : बानेश्वर क्षेत्र तनावग्रस्त (फोटोफिचर)

एमसीसीको विरोधमा भएको प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।एमसीसी टेबल गर्न तयारी भएपछि विप्लवसहितका ६ दल ,माओवादीको भ्रातृ संगठन गरेका हुन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको हो ।

एमसीसी टेबल गरे सरकार छाड्ने माओवादीको चेतावनी, वाईसीएलको प्रदर्शन

अमेरिकी सहायता परियाेजना एमसीसी सदनमा टेबल गर्न लागेकाे विराेधमा संसद भवन बाहिर प्रदर्शन सुरु भएकाे छ ।

संसदीय दलको बैठक सकिएलगत्तै प्रचण्ड प्रधानमन्त्री भेट्न बालुवाटारमा पुगे

काठमाडौं, ४ फागुन । नेकपा (माओवादी केन्द्र) को संददीय दलको बैठक सकिए लगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । माओवादीको संसदीय दलको बैठकले आज अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । आजको संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले […]

जबरजस्ती एमसीसी टेबल गरे सरकारमा नरहने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ । संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसी परियोजना टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो । आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसी टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो ।

एमसीसीबारे निर्णय लिन माओवादी संसदीय दलको बैठक सुरु

काठमाडौँ । एमसीसीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । बिहान ८ बजे बोलाइएको बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो । आजको संसदमा एमसीसी टेबल हुने सम्भावनाबीच माओवादीको संसदीय दलको बैठक बसेको हो । माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ । संसद बैठक १ बजे बस्दैछ […]

एमसीसीबारे निर्णय गर्न संसद बैठकअघि माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौँ। संसद बैठक बस्नुअघि नेकपा (माओवादी केन्द्र) को सङ्घीय संसदीय दलको बैठक बस्दैछ । (बुधबार) आजको संसदमा एमसीसी टेबल हुने सम्भावनाबिच माओवादी केन्द्रले बिहान ८ बजे माओवादीको संसदीय दल बैठक बस्न लागेको हो बैठकमा एमसीसीबारे माओवादीले निर्णय लिने सम्भावना छ । माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ । संसद बैठक १ बजे बस्दैछ […]