सल्यान : सल्यानको शारदा नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ। पहिलो चरणमा अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई मद्देनजर गर्दै वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको हो।बैंकमा आउजाउ गर्दा अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको हो।नगरका विभिन्न वडाबाट सदरमुकाम तथा श्रीनगर बजारमा रहेका बैंकमा आउनु पर्दा विभिन्न किसिमका कष्ट उठाउने मात्रै नभई लामो समय हिँड्नु पर्दा सास्ती भएको गुनासो आएपछि वडाबाट