काठमाडौँ,२९ असार । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिक तथा शारीरिक अशक्ततता भएकालाई सहज बनाउन वडाबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको हो । नयाँ आर्थिक वर्ष २०७९÷८० को साउन दुई गतेदेखि पालिकाका ६ वटै वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको प्रबन्ध गरिएको गाउँपालिकाले जनाएको छ […]