दैलेख : लामो छलफल पछि दैलेखमा गठबन्धनको भागबण्डा टुंगीएको छ।जिल्लामा भागबण्डा मिलाउन नसके पछि निर्णयका लागि प्रदेशमा पठाइएको विवरण अनुसार सत्ता गठबन्धनले दैलेखका ११ स्थानीय तहमा भागबण्डा मिलाएको हो।एकीकृत समाजवादी कर्णाली प्रदेशका अध्यक्ष अमरबहादुर थापाले दैलेखमा गठबन्धनले भागबन्डा टुंग्याएकाे उल्लेख गरेका छन्।उनले दैलेखका ११ स्थानीय तह मध्ये समाजवादीले तीन स्थानीय तहमा प्रमुख, कांग्रेसले छ स्थानीय तहमा प्रमुख र माओवादी केन्द्रले दुई स्थानीय तहमा प्रमुख पाएको उल्लेख गरेका छन्। यही