कांग्रेसले दलितको प्रतिनिधित्व सुनिश्चितताका लागि नयाँ निर्णय गर्यो

काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशनमा प्रतिनिधित्वको विषयमा नयाँ निर्णय गरेको छ।आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले दलित तथा अन्य समुदायको प्रतिनिधित्व सुचिश्चितताको लागि नयाँ निर्णय गरेको हो।हरेक तहमा एक जना दलित तथा मधेसी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएको व्यक्तिबाट एकजनाको अनिवार्य प्रतिनिधित्व हुने सुनिश्चितता गर्ने निर्णय बैठकले गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी जानकारी दिए।यस्ता छन् निर्णय

सम्बन्धित सामग्री

स्थानीय तहका दलित जनप्रतिनिधिको राष्ट्रिय भेला जेठमा हुने

१३ वैशाख, काठमाडौं । तेस्रो राष्ट्रिय दलित सम्मेलनले जेठ २१ र २२ गते देशभरका स्थानीय जनप्रतिनिधिहरुको काठमाडौंमा प्रथम राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । वैशाख ७–९ गते काठमाडौंमा ‘आत्मसम्मानको खोजी : दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनले प्रथम राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । सम्मेलनबाट दलित सरोकारका दुई महत्वपूर्ण […]

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भवन बनाउने

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गर्ने योजना अघि सारेको छ । शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले आफ्नै प्रशासकीय भवन निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई श्रोत सुनिश्चितताका लागि अनुरोध गर्ने निर्णय गरेको छ । हाल जिल्ला प्रशासन कार्यालयको जग्गामा तत्कालिन जिल्ला प्राविधिक कार्यालयको नाममा बनाइएको चार तले […]

जी–७ ले लगायो रुसी तेलको आयातमा प्रतिबन्ध

जी–सेभेन राष्ट्रहरूले रुसी तेलको आयातमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। गएराति बसेको जी–सेभेन बैठकमा सहभागी नेताहरूले प्रतिबन्ध लगाउने वा चरणबद्ध रूपमा आयात बन्द गर्ने निर्णय गरेका हुन्। छलफलपछि साझा वक्तव्य जारी गर्दै जी–सेभेनका नेताहरूले आफूहरु रुसी ऊर्जामाथिको निर्भरता पूर्ण रुपमा बन्द गर्न प्रतिबद्ध रहेको बताएका छन्। यो प्रतिबद्धतामा रुसी तेल आयातमा प्रतिबन्ध लगाउने विषय पनि समेटिएको छ। साथै उपभोक्तालाई स्थिर तथा दिगो ऊर्जा आपूर्ति र सस्तो मूल्यमा ग्यास खरिद सुनिश

महिला दिवसको अवसरमा महिला उद्यमीहरुको विकासका लागि भर्चुअल अन्तरक्रिया सम्पन्न

फागुन २५, काठमाडौं। महिला उद्यमी महासंघ नेपालले महला उद्यमीहरुको विकास तथा प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ। महासंघले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उक्त कार्यक्रम गरेको हो । आफ्नो स्थापनाकाल देखि नै समावेशी तवरले महिला उद्यमीहरुको विकास एवं प्रबद्र्धनका लागि विभिन्न कार्यहरु गर्दै आएको महासंघले यसपटकको कायर्यक्रम पनि सम्पन्न गरेको हो । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा हुने नीति निर्माण एवं निर्णय प्रक्रियामा महिला उद्यमीहरुका हकअधिकारहरुको  सुनिश्चितताका उक्त कार्यक्रम गरेको महासंघले जानकारी दिएको छ । महासंघले अन्तर्राष्ट्रिय महिला दिवस २०२२ (ब्रेक दि बायस)को अवसरमा, महिला उद्यमी महासंघले साना तथा मझौला महिला उद्यमी, बैंकिङका साथै नेपाल सरकारका प्रतिनिधिहरुसगँ “दिगो भविष्यका लागि लैंगिक समानता” विषयमा भर्चुअल माध्यमबाट प्यानेल डिस्कसन समेत आयोजना गरेको हो । प्यानल डिस्कसन कार्यक्रममा विभिन्न क्षेत्रका सफल  व्यक्तित्वहरुले आफ्नो व्यवसायीक यात्राका क्रममा आइपरेका  लैंगिक चुनौतिहरुका बारेमा अनुभव साटासाट गरेका थिए । उक्त प्यानल डिस्कसनमा महिला उद्यमी महासंघकी सस्थापक सदस्य एवंम  नेपाल होटल एसोसियसनकी अध्यक्ष सृजना राणाले कोभिडले जनमानसमा धेरै नकारात्मक प्रभाव ल्याएको बताइन्। केभिडले नकारात्मक प्रभाव पारेपनि त्यसले आन्तरिक पर्यटनमा बृद्धि गरेको जस्ता केही सकारात्मक प्रभाव पनि ल्याएको उनले बताइन् ।

भेदभाव अन्त्यका लागि महिलाको शान्ति पदयात्रा

महिला उद्यमी महासंघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को अवसरमा शान्ति पदयात्रा आयोजना गरेको छ ।महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा हुने नीति निर्माण एवं निर्णय प्रक्रियामा महिला उद्यमीका हक, अधिकारको सुनिश्चितताका लागि वकालत गर्दै आएको जनाएको छ । समाजमा कायमै रहेको विभेद अन्त्यका लागि सो पदयात्राको आयोजना गरेको महासंघले जनाएको छ ।महिला उद्यमशिलताद्वारा आर्थिक सशक्तिकरण […]

कोरोना रोकथामका लागि सीसीएमीका १३ निर्णय

काठमाडौं । आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले कोरोना संक्रमण रोकथामका लागि विभिन्न १३ निर्णय गरेको छ । केन्द्रका सहसचिव एवम् प्रवक्ता सुनिता नेपालका अनुसार बैठकले कोरोनाको रोकथाम, नियन्त्रण र उपचार थप प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिश गरेको छ । बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई सिफारिश गरेको छ । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थिति हुने गरी प्रशासनिक, सामाजिक हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन भनिएको छ । अर्को सूचना नभएसम्मका लागि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला, भेला तथा महोत्सव आयोजना नगर्न/नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउने निर्णय भएको छ ।      सार्वजनिक स्थानहरू (कार्यालय, होटेल, रेष्टुराँ, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि)मा प्रवेश गर्दा अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेशको व्यवस्था मिलाउने गरी आगामी माघ ७ गतेदेखि लागू गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरिएको छ । यस्तै, माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ । नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र त्यस्तो परीक्षणबाट सकारात्मक देखिएकालाई तत्काल संस्थागत आइसोलेशनमा राख्न सम्बन्धित जिल्लास्थित समन्वय गर्ने र विगतमा भएको अभ्यासअनुरूप भुक्तानी गर्ने स्रोत सुनिश्चितताका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने भएको छ । यस्तै, सार्वजनिक स्थानहरूमा नि:शुल्क एन्टिजेन टेस्ट बुथहरु स्थापना गर्ने र नियमित खोप केन्द्रमा खोपलाई अभियानको रूपमा अगाडि बढाइनेछ । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर वार्षिक परीक्षाहरू जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइँ व्यवस्था गरी सञ्चालन गर्ने, परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न भनिएको छ । भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गर्ने व्यवस्था मिलाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गरिएको छ । यसैगरी आन्तरिक हवाई उडानमा अनिवार्य रूपमा खोप कार्ड बोक्नुपर्ने व्यवस्था गर्न लागिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक तथा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुनेगरी उडान तालिका मिलाइने भएको छ । आगामी माघ ७ गतेपछि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्रै बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ ।      पूर्ण मात्रा खोप लगाएको र बोर्डिङ पास जारी हुनुभन्दा ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको यात्रुलाई विदेशबाट नेपाल प्रवेशका लागि सम्बन्धित वायु सेवाले बोर्डिङ पास जारी गर्नेछ । कोरोनाका नयाँ ओमिक्रोन भेरियन्टको पहिलो पटक संक्रमण पहिचान भएका दक्षिण अफ्रिाकालगायत नौ देशबाट नेपाल आउने वा ती मुलुकहरूमा ट्रान्जिट बनाई नेपाल यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिज्ञ तथा आधिकारिक राहदानीवाहक वा आवासीय प्रवेशाज्ञा प्राप्त यात्रुलाई मात्रै क्वारेन्टिन तथा आइसोलेशनको व्यवस्था लागू हुनेछ । अध्यागमन विभागले ट्राभल एड्भाइजरी सूचना जारी गर्दा गृह मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्नुपर्नेछ । त्यस्तो सूचनामा जारी भएको निश्चित मिति, समय र अवधिपछि मात्र लागू गर्ने व्यवस्था मिलाइएको छ । कोभिड–१९ संक्रमणको स्थानीय अवस्था हेरेर जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ र एकीकृत कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयन थप प्रभावकारी बनाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमार्फत निर्देशित गरिनेछ । यस्तै, ओमिक्रोन लगायत भेरियन्टको प्रभाव र ध्यान दिनुपर्ने विषयमा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिहरूमार्फत नागरिकस्तरमा सकारात्मक सूचना जानकारी उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले थप पहल गर्ने बैठकले निर्णय गरेको छ । रासस